काठमाडौँ। सरकारले फिर्ता बोलाएका राजदूतहरुले क्रमश: राजीनामा दिन सुरु गरेका छन्। जेनजी आन्दोलनपश्चात गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ११ देशमा कार्यरत राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार हालसम्म ११ मध्ये ५ जना राजदूतले राजीनामा दिइसकेका छन् भने बाँकी ६ जना पनि राजीनामा दिने तयारीमा छन् र कानुनी परामर्श लिइरहेका छन्।
राजीनामा दिनेमा प्रमुख हुन्:
अमेरिकाका लागि: लोकदर्शन रेग्मी
चीनका लागि: कृष्णप्रसाद ओली
कतारका लागि: रमेशचन्द्र पौडेल
मलेसियाका लागि: डा. नेत्रप्रसाद तिमल्सिना
बेलायतका लागि: चन्द्रकुमार घिमिरे
यी राजदूतले मन्त्रालयका सचिव अमृतबहादुर राईलाई राजीनामा बुझाएका हुन्। तर मन्त्रालयका अधिकारीका अनुसार, राजीनामा स्वीकृत प्रक्रिया अहिले अध्ययन चरणमा छ। सर्वोच्च अदालतले फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिइसकेपछि, सरकारले मन्त्रालयमा कामकाज गराउने व्यवस्था गरेको छ।
मन्त्रिपरिषदको असोज ३० को निर्णयअनुसार, कात्तिक २० गतेसम्म यी राजदूत नेपाल फर्किने समय निर्धारण गरिएको थियो। तर सर्वोच्च अदालतको कात्तिक १६ को आदेशले निर्णय कार्यान्वयन नगर्न निर्देशन गरेपछि, परराष्ट्र मन्त्रालयले कात्तिक १७ मा अर्को पत्रमार्फत राजदूतहरुलाई मन्त्रालयमा कार्यरत हुने गरी फिर्ता बोलाएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: