Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय स्वाधीनता, सुरक्षा र जनताको हितका लागि वैचारिक र राजनीतिक शक्ति हाे: भीम रावल

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले केपी शर्मा ओलीको अहंकार, सत्ता स्वार्थ र प्रतिक्रियावादी शक्तिसँगको साँठगाँठका कारण नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर क्षतिमा पुगेको आरोप लगाएका छन् ।

बुधबार राष्ट्रिय सभागृहमा आयोजित एकता–समायोजन कार्यक्रममा बोल्दै रावलले तत्कालीन नेकपा (एमाले र माओवादी केन्द्रको एकता) ओलीकै कारण विघटन भएको बताए । उनले भने, ‘त्यतिबेला नेकपाको दोस्रो केन्द्रीय समितिको बैठक यही हलमा भएको थियो । एक जनाको अहंकार, सत्ताको लिप्सा र विरोधी शक्तिसँगको साँठगाँठका कारण नेकपा ध्वस्त भएको दुःखद क्षण आज पनि सम्झन्छु ।’

रावलले दुई तिहाइको सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि नै प्रहार गरेको स्मरण गर्दै ओलीमाथि तीव्र प्रहार गरे । उनले भने, ‘दुई तिहाइका प्रधानमन्त्रीले अँध्यारो कोठामा विदेशी गुप्तचरसँग कुराकानी गरेर देशको सार्वभौमसत्तामाथि खेलबाड गरे । सर्वोच्च अदालतले संविधान विपरीत भन्यो, तर उनले फेरि प्रतिनिधिसभा विघटन गरे । यो नेपालको कम्युनिस्ट आन्दोलनमाथिको सबैभन्दा ठूलो गद्दारी हो ।’

ओलीको व्यवहारलाई प्रतीकात्मक रूपमा चित्रण गर्दै रावलले भने, ‘ओली र प्रचण्डले नेकपाको जम्बु जेटलाई उडाउने भनेका थिए । तर क्याप्टेन ओलीले नै त्यो जहाज सेतीको खोँचमा फाले । प्रचण्डले यात्रुहरू बचाउने प्रयास गरे, तर ओलीको अहंकारले जहाज डुबायो । हामी जस्ता सहयात्रीहरूले अन्तिम क्षणसम्म चिच्याएर चेतावनी दिएका थियौँ ।’

त्यतिबेला प्रधानमन्त्रीको कार्यालयमा एकलौटी रूपमा पार्टी बैठक राखेर ९ सय जनाको केन्द्रीय समिति घोषणा गरेको प्रसङ्ग उठाउँदै उनले व्यङ्ग्य गरे, ‘माधव, झलनाथ, वामदेव र म लगायत कसैलाई पनि नबोलाई ओलीले मनपरी ढंगले समिति विस्तार गरे । वाह, कम्युनिस्ट पार्टीका नेता भनाउँदा !’

कार्यक्रमकै क्रममा नेता रावलले राष्ट्रिय सुरक्षाको संवेदनशील विषयमा पनि सरकारको मौनतामाथि प्रश्न उठाए । उनले भने, ‘तीन दिनअघि शक्तिशाली देशको सेनाको ठूलो जहाज सयौँ टन सामान लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो, तर सरकारले किन आयो भन्ने जवाफ दिन सकेको छैन । पारदर्शिताको कुरा गर्ने सरकारले यो विषयमा किन मौनता अपनायो ?’

रावलले यो घटना राष्ट्रिय स्वाधीनता र सुरक्षामाथिको गम्भीर चुनौती भएको बताए । उनले चेतावनी दिँदै भने, ‘राष्ट्रिय सुरक्षाको बेवास्ता गर्दा भदौ २३ र २४ को जस्तो विनाश दोहोरिन सक्छ । अहिलेको नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बेला यही हो ।’

रावलका अनुसार, नेपाली कम्युनिस्ट पार्टीले अब राष्ट्रिय स्वाधीनता, सुरक्षा र जनताको हितका लागि स्पष्ट वैचारिक र राजनीतिक अभियान सञ्चालन गर्ने तयारी गरेको छ । डा. रावलका अभिव्यक्तिहरूले प्रष्ट संकेत गरेका छन्- नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने व्यक्तिवादी प्रवृत्तिको अन्त्य गरेर देशभक्त, जनमुखी र सिद्धान्तनिष्ठ नेतृत्व आवश्यक छ ।

रावलले ओलीको अहंकारमाथि प्रहार गर्दै नेपाली कम्युनिस्ट पार्टीको एकीकृत र वैचारिक रूपमा दृढ दिशालाई समर्थन गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: