काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले केपी शर्मा ओलीको अहंकार, सत्ता स्वार्थ र प्रतिक्रियावादी शक्तिसँगको साँठगाँठका कारण नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर क्षतिमा पुगेको आरोप लगाएका छन् ।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित एकता–समायोजन कार्यक्रममा बोल्दै रावलले तत्कालीन नेकपा (एमाले र माओवादी केन्द्रको एकता) ओलीकै कारण विघटन भएको बताए । उनले भने, ‘त्यतिबेला नेकपाको दोस्रो केन्द्रीय समितिको बैठक यही हलमा भएको थियो । एक जनाको अहंकार, सत्ताको लिप्सा र विरोधी शक्तिसँगको साँठगाँठका कारण नेकपा ध्वस्त भएको दुःखद क्षण आज पनि सम्झन्छु ।’
रावलले दुई तिहाइको सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि नै प्रहार गरेको स्मरण गर्दै ओलीमाथि तीव्र प्रहार गरे । उनले भने, ‘दुई तिहाइका प्रधानमन्त्रीले अँध्यारो कोठामा विदेशी गुप्तचरसँग कुराकानी गरेर देशको सार्वभौमसत्तामाथि खेलबाड गरे । सर्वोच्च अदालतले संविधान विपरीत भन्यो, तर उनले फेरि प्रतिनिधिसभा विघटन गरे । यो नेपालको कम्युनिस्ट आन्दोलनमाथिको सबैभन्दा ठूलो गद्दारी हो ।’
ओलीको व्यवहारलाई प्रतीकात्मक रूपमा चित्रण गर्दै रावलले भने, ‘ओली र प्रचण्डले नेकपाको जम्बु जेटलाई उडाउने भनेका थिए । तर क्याप्टेन ओलीले नै त्यो जहाज सेतीको खोँचमा फाले । प्रचण्डले यात्रुहरू बचाउने प्रयास गरे, तर ओलीको अहंकारले जहाज डुबायो । हामी जस्ता सहयात्रीहरूले अन्तिम क्षणसम्म चिच्याएर चेतावनी दिएका थियौँ ।’
त्यतिबेला प्रधानमन्त्रीको कार्यालयमा एकलौटी रूपमा पार्टी बैठक राखेर ९ सय जनाको केन्द्रीय समिति घोषणा गरेको प्रसङ्ग उठाउँदै उनले व्यङ्ग्य गरे, ‘माधव, झलनाथ, वामदेव र म लगायत कसैलाई पनि नबोलाई ओलीले मनपरी ढंगले समिति विस्तार गरे । वाह, कम्युनिस्ट पार्टीका नेता भनाउँदा !’
कार्यक्रमकै क्रममा नेता रावलले राष्ट्रिय सुरक्षाको संवेदनशील विषयमा पनि सरकारको मौनतामाथि प्रश्न उठाए । उनले भने, ‘तीन दिनअघि शक्तिशाली देशको सेनाको ठूलो जहाज सयौँ टन सामान लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो, तर सरकारले किन आयो भन्ने जवाफ दिन सकेको छैन । पारदर्शिताको कुरा गर्ने सरकारले यो विषयमा किन मौनता अपनायो ?’
रावलले यो घटना राष्ट्रिय स्वाधीनता र सुरक्षामाथिको गम्भीर चुनौती भएको बताए । उनले चेतावनी दिँदै भने, ‘राष्ट्रिय सुरक्षाको बेवास्ता गर्दा भदौ २३ र २४ को जस्तो विनाश दोहोरिन सक्छ । अहिलेको नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बेला यही हो ।’
रावलका अनुसार, नेपाली कम्युनिस्ट पार्टीले अब राष्ट्रिय स्वाधीनता, सुरक्षा र जनताको हितका लागि स्पष्ट वैचारिक र राजनीतिक अभियान सञ्चालन गर्ने तयारी गरेको छ । डा. रावलका अभिव्यक्तिहरूले प्रष्ट संकेत गरेका छन्- नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने व्यक्तिवादी प्रवृत्तिको अन्त्य गरेर देशभक्त, जनमुखी र सिद्धान्तनिष्ठ नेतृत्व आवश्यक छ ।
रावलले ओलीको अहंकारमाथि प्रहार गर्दै नेपाली कम्युनिस्ट पार्टीको एकीकृत र वैचारिक रूपमा दृढ दिशालाई समर्थन गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...
मंसिर २७ गते, २०८२ - १८:५१
भक्तपुर । नेकपा (एमाले) भक्तपुरले शनिबार भक्तपुरमा उद्घाटन हुने ११ औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिको लागि सार्वजनिक अपिल गरेको छ । शनिबार भक्तप...
मंसिर २७ गते, २०८२ - १८:४४
रौतहट । रौतहटबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ परेको छ । शुक्रबार रौतहट मौलापुर नगरपालिका–३ लाल बकैया बाँधमा खटिएको प्रहरी टोलील...
मंसिर २७ गते, २०८२ - १७:५७
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चाैथाेपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भ...
मंसिर २७ गते, २०८२ - १७:५१
वीरगञ्ज । वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदी बन्दीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षी...
मंसिर २७ गते, २०८२ - १७:५०
मनिला । भारतमा कम आए भएका महिलाहरुको आर्थिक पहुँच बढाउन एसियन डेभलपमेन्ट बैङ्क (एडीबी) ले शुक्रबार फाइभ स्टार बिजनेस फाइनान्स लिमिटेड (एफ बी एफ एल) सँ...




प्रतिकृया लेख्नुहोस्: