Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

राष्ट्रिय आवश्यकता र जनविद्रोहको परिणाम कम्युनिस्ट एकता: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी एकता कुनै ‘रणनीतिक वा ट्याक्टिकल’ सम्झौता नभई राष्ट्रिय आवश्यकता र जनआकांक्षाबाट प्रेरित ऐतिहासिक कदम भएको बताएका छन् ।

बुधबार राष्ट्रिय सभागृहमा आयोजित वामपन्थी एकता तथा समायोजन सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले हालको राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरू एक ठाउँमा आउनुको अर्थ गहिरो र दीर्घकालीन भएको बताए ।

‘यो कुनै ट्याक्टिकल एकता होइन,’ उनले स्पष्ट गर्दै भने, ‘राष्ट्रलाई संकटबाट बचाउन, जनताका सपना र समाजवादको यात्रालाई पुनः सही दिशामा डोर्याउन हामी एक भएका हौँ । जेनजी विद्रोहले नेपाली समाज र राजनीतिक नेतृत्वलाई गम्भीर आत्ममूल्यांकन गर्न बाध्य बनायो । त्यो जनविद्रोहले भ्रष्टाचार, असमानता र अल्छी नेतृत्वविरुद्ध एउटा नयाँ चेतना जगाएको छ । म ती युवाहरूप्रति कृतज्ञ छु ।’

प्रचण्डले वामपन्थी एकतालाई दीर्घकालीन रणनीति र समाज रूपान्तरणको स्थायी अभियानको रूपमा लिन आग्रह गरे । उनका अनुसार, यो एकता केवल केही नेताहरूबीचको सत्ता साझेदारी होइन, बरु देश र जनताको साझा भविष्य निर्माण गर्ने ऐतिहासिक मोड हो ।

‘हामीले विगतका गल्तीबाट सिकेका छौँ,’ उनले भने, ‘अघिल्लो पटक नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता केपी ओलीको अहंकार र सत्ता-दुरुपयोगका कारण टुटेको थियो । तर यो पटकको एकता नेतृत्वको अहंकार होइन, विचार, जनभावना र समाज रूपान्तरणको प्रतिबद्धतामा आधारित छ ।’

उनले वामपन्थी शक्तिहरूबीच हाल १२ घटक एकताबद्ध भइसकेको बताउँदै निकट भविष्यमै थप घटकहरू पनि पार्टीमा समाहित हुने जानकारी दिए । ‘आजै पेरिसडाँडामा नेताहरूसँग छलफल भयो,’ उनले भने, ‘यदि यही गति र समझदारीले एकता विस्तार भयो भने देशमा वामपन्थी बाहेकका पार्टीहरू अस्तित्वहीन बन्नेछन् ।’

प्रचण्डले पार्टी एकतालाई राष्ट्रिय स्थायित्व, सुशासन र समाजवादको यात्रातर्फको ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै जनतालाई एकताप्रति आशावादी रहन आग्रह गरे । ‘हामीले एकताको ढोका सबैका लागि खोलिएका छौँ,’ उनले भने, ‘हामी विभाजन होइन, एकता, घृणा होइन, सहकार्य, र विगतका गल्ती होइन, नयाँ युगको प्रारम्भ गर्नतर्फ अघि बढिरहेका छौँ ।’

कार्यक्रममा उपस्थित वामपन्थी नेताहरूले पनि पार्टी एकतालाई ऐतिहासिक उपलब्धि र नेपाली जनताको दीर्घ प्रतीक्षाको उत्तरको रूपमा व्याख्या गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending