Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

अवरोधका बावजुद गाजामा जीवन बचाउन हरेक प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता

खबरडबली संवाददाता

न्यूयोर्क । संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारहरूसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक प्रयासहरु गर्ने आफ्नो प्रतिबद्धता जनाउदै हमास र इजरायलबिचको युद्धविराम सम्झौता भएको लामो समय पछि पनि राहत प्रयासहरू जारी रहेको जनाएको छ ।

मानवीय मामिला तथा आपतकालीन राहत संयोजकका लागि संयुक्त राष्ट्रसङ्घका उपमहासचिव टम फ्लेचरले विज्ञप्तिमा जारी गर्दै १० लाख भन्दा बढी मानिसलाई खाद्यान्न सहायता प्रदान गर्ने, पोषण केन्द्रहरू पुनः खोल्ने र खोप अभियान पुनः सुरु गर्ने जनाएका छन् । यसका साथै उनले पानीका लाइनहरू मर्मत गर्ने, अस्पतालहरूलाई पुनस्र्थापना गर्ने र सञ्चालनमा ल्याउने जाडोको कपडा वितरण गर्नुका साथै मनोसामाजिक सहायता सेवाहरू प्रदान गर्ने जस्ता मानवीय कार्यहरू जारी रहेको बताएका छन् ।

यद्दपी धेरै अवरोधहरू बाँकी रहेको जनाउदै यसलाई पार गर्न, आवश्यक मानवीय साझेदारहरूलाई सक्षम बनाउन, थप सिमाहरु मार्गहरू खोल्न र निरन्तर शान्ति सुरक्षा प्रवद्र्धन गर्न काम गरिरहेको फ्लेचरले बताएका छन् ।

प्रतिबन्धहरू कम भएमा संयुक्त राष्ट्रसंघले जीवन बचाउन अझ धेरै कार्य गर्न सक्ने उल्लेख गर्दै उनले नाजुक अवस्था र निरन्तर अवरोधहरूको बाबजुद, संयुक्त राष्ट्रका एजेन्सीहरू तथा साझेदारहरू गाजामा सहायता पुगाउन निरन्तर सक्रिय रहेको जनाएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending