Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

सरकार–प्रसाईं समूह छलफल: आन्दोलन शान्तिपूर्ण गर्ने, दल दर्ता गरेर चुनावमा जाने

खबरडबली संवाददाता

काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’बीच बुधबार सिंहदरबारमा वार्ता भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा प्रसाईं समूहले आगामी ७ मंसिरबाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

उनका अनुसार प्रसाईं समूहले हिंसात्मक गतिविधि नगर्ने र आन्दोलनको उद्देश्य संवैधानिक परिधिभित्र माग अघि सार्ने बताएका छन् । छलफलमा समूहका तर्फबाट २७ बुँदे माग सहित ज्ञापनपत्र बुझाइएको छ, जसमा संविधान खारेज, राजसंस्था पुनःस्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, र विदेशी लगानी नियन्त्रण जस्ता मागहरू समावेश छन् ।

मन्त्रालयले संविधानभित्र रहेर पूरा गर्न सकिने मागमा सकारात्मक जवाफ दिएको बताइएको छ । ‘संवैधानिक परिधिभित्रका मागबारे मन्त्रालय सकारात्मक छ,’ प्रवक्ता काफ्लेले भने । छलफलमा सहभागी प्रसाईं समूहका प्रतिनिधि माधवप्रसाद खतिवडाले माग नपुरा भए आन्दोलन जारी रहने चेतावनी दिएका छन् । ‘वार्ता र आन्दोलन दुवै खुला छन्, माग सम्बोधन भए आन्दोलन रोकिन्छ,’ उनले भने ।

मन्त्रालय स्रोतका अनुसार प्रसाईं समूहले दल दर्ता गरेर आगामी चुनावमा जाने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यता सुरक्षा निकायहरूले भने प्रसाईं समूहको आन्दोलन हिंसात्मक हुन सक्ने आकलन गरेका छन् र मन्त्रालयलाई त्यस्तो सम्भावनाबारे ब्रिफिङ गरेका छन् । गत साता दिल्लीबाट फर्केका प्रसाईंले काठमाडौंका सुकुम्वासी बस्तीमा भाषण गर्दै आन्दोलनको तयारीको संकेत दिएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending