धनकुटा । धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको टुंगो लागेको छ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका–७ मा रेशम खेती विकास कार्यक्रमको नाममा दर्ता कायम रहेको जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेपछि जग्गाको टुंगो लागेको हो।
सरकारले रेशम खेती विकास कार्यक्रम नाममा रहेको २५ रोपनी ५ आना ३ पैसा जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि प्रदान गरेको हो। धनकुटा अस्पताललाई नै स्तरोन्नति गरी एक सय शय्या क्षमताको बनाउने चर्चा चलेको लामो समय भए पनि त्यसका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा हुन बाँकी थियो।
मन्त्रिपरिषद्को स्वीकृतिपछि नगर विकास समिति र रेशम खेती विकास कार्यक्रम स्वामित्वको जग्गा सट्टा भर्नाको विवाद अन्त्य भएको छ। जग्गाको स्वामित्व प्राप्त नहुँदै प्रादेशिक अस्पतालका नाममा उक्त स्थानमा २५ करोड ८० लाख रुपैयाँको लागतमा पाँचतले सुविधासम्पन्न अस्पताल भवन निर्माणको काम भइरहेको छ।
भवन निर्माणको काम ४० प्रतिशत पूरा भएको जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा धनकुटा अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले जानकारी दिए।
कोशी प्रदेश सरकारले २०७८ सालमै १५ शय्या क्षमताको धनकुटा अस्पताल स्तरोन्नति गरी एक सय शय्या क्षमताको बनाउने निर्णय गरेको थियो।
असोजमै प्रादेशिक शिक्षण अस्पताल सञ्चालनका लागि कोशी प्रदेश सरकारले स्वीकृति प्रदान गरिसकेको र अब जग्गाको स्वामित्व पनि प्राप्त भएकाले प्रादेशिक शिक्षण अस्पताल सञ्चालनको बाटो खुला भएको छ। हाल धनकुटा अस्पताल १५ शय्या क्षमतामा सञ्चालन भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: