धनकुटा । धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको टुंगो लागेको छ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका–७ मा रेशम खेती विकास कार्यक्रमको नाममा दर्ता कायम रहेको जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेपछि जग्गाको टुंगो लागेको हो।
सरकारले रेशम खेती विकास कार्यक्रम नाममा रहेको २५ रोपनी ५ आना ३ पैसा जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि प्रदान गरेको हो। धनकुटा अस्पताललाई नै स्तरोन्नति गरी एक सय शय्या क्षमताको बनाउने चर्चा चलेको लामो समय भए पनि त्यसका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा हुन बाँकी थियो।
मन्त्रिपरिषद्को स्वीकृतिपछि नगर विकास समिति र रेशम खेती विकास कार्यक्रम स्वामित्वको जग्गा सट्टा भर्नाको विवाद अन्त्य भएको छ। जग्गाको स्वामित्व प्राप्त नहुँदै प्रादेशिक अस्पतालका नाममा उक्त स्थानमा २५ करोड ८० लाख रुपैयाँको लागतमा पाँचतले सुविधासम्पन्न अस्पताल भवन निर्माणको काम भइरहेको छ।
भवन निर्माणको काम ४० प्रतिशत पूरा भएको जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा धनकुटा अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले जानकारी दिए।
कोशी प्रदेश सरकारले २०७८ सालमै १५ शय्या क्षमताको धनकुटा अस्पताल स्तरोन्नति गरी एक सय शय्या क्षमताको बनाउने निर्णय गरेको थियो।
असोजमै प्रादेशिक शिक्षण अस्पताल सञ्चालनका लागि कोशी प्रदेश सरकारले स्वीकृति प्रदान गरिसकेको र अब जग्गाको स्वामित्व पनि प्राप्त भएकाले प्रादेशिक शिक्षण अस्पताल सञ्चालनको बाटो खुला भएको छ। हाल धनकुटा अस्पताल १५ शय्या क्षमतामा सञ्चालन भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: