बाजुरा। बाजुराका अधिकांश गाउँघरमा परम्परागत रूपमा आँटा पिठो पिस्नका लागि प्रयोग हुने ढुङ्गाको जाँतो लोप हुन थालेको छ ।
यहाँका पहिला पुस्ताको पालामा घरघरमा जाँतो हुने गरे पनि अहिलेको नयाँ पुस्ताको घरमा भने जाँतो खोज्दा पनि नभेटिने अवस्थामा पुगेको छ ।
विगतमा यहाँका गाउँ बस्तीमा जाँतोको माध्यमबाट घरमा उपभोग गरिने आँटो पिठो पिस्ने प्रचलन थियो । पछिल्लो यहाँ हरेक गाउँ बस्तीमा बिजुली पुगेसँगै घर घरमा कुटानी पिसानी गर्ने साना साना विद्युतीय उपकरण (मिल) पुगेपछि अहिले परम्परागत रूपमा रहेको त्यो जाँतो भने विस्तारै लोप हुने अवस्थामा पुगेको हो ।
पुराना पुस्ताले निर्माण गरेका ती जाँतो अहिले कतै कतै कसैको घरमा देखिए पनि ती प्रयोगविहीन बनेका छन् ।
जाँतोका साथसाथै परम्परागत रूपमा रहेका ढिँकी कोल लगायतका वस्तुहरू समाजबाट विस्तारै लोप हुने अवस्थामा रहेको हिमाली गाउँपालिका ६ रामबहादुर रावतले बताए।
उनले भने, ‘‘पहिला हाम्रो बुवाको पालामा घरमा जाँतो कहिल्यै खाली हुँदैन थियो । त्यो जाँतोको भरमा हामी भरमा पिठो दाल सेलपुरी हाल्नलाई चामल समेत पीस्ने गर्थ्यो ।’’
अहिले त्यो गाउँदेखि विस्तारै लोप हुँदै गएको छ । कोही कोहीको घरमा त अहिले पनि छन् । तर ती प्रयोगमा भने आएका छैन । पीस्दा केही पैसा नलाग्ने यस्ता जाँतो अहिले पनि यसलाई नयाँ प्रविधिसँगै जोडिदिएको भएर राम्रो हुने रावतले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - १७:३०
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...
बैशाख १८ गते, २०८३ - १७:२०
काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...
बैशाख १८ गते, २०८३ - १६:३७
काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...
बैशाख १८ गते, २०८३ - १६:११
काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...
बैशाख १८ गते, २०८३ - १५:५१
रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...
बैशाख १८ गते, २०८३ - १५:३७
काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...
बैशाख १८ गते, २०८३ - १५:१७
काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...
बैशाख १८ गते, २०८३ - १५:०७
काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...
बैशाख १८ गते, २०८३ - १४:५२
बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...
बैशाख १८ गते, २०८३ - १४:१७
काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...


प्रतिकृया लेख्नुहोस्: