Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

चितवनमा कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान

खबरडबली संवाददाता

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई प्रत्यक्ष सम्पर्क गर्न थालेको छ । कार्यालयबाट विवरण नबुझाउने करदातालाई फोन सम्पर्क गरी बुझाउन आग्रह गरिएको हो ।

बुझाउने दायित्व भएका करदातामध्ये करिब ५० प्रतिशतले विवरण नबुझाएको पाइएपछि कार्यालयले यो अभियान सञ्चालन गरेको हो । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार मङ्सिर १ देखि ५ गतेसम्म माइकिङ र सचेतना कार्यक्रम पनि सञ्चालन गरिने छ । करदातालाई सरकारले उपलब्ध गराएका विभिन्न सुविधाबारे समेत जानकारी दिने तयारी गरिएको उनको भनाइ छ ।

 उनले भने- ‘हामीले कर छुटका अवसर उपभोग गर्न आम सेवाग्राहीलाई आग्रह गरेका छौं ।’ उनले राष्ट्र निर्माणका लागि सबै करदाताले पारदर्शीरूपमा कर तिर्न, कर छलि नियन्त्रणमा सहयोग गर्न र राजस्व असुलीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे ।

जेनजी आन्दोलनका कारण गत भदौ २३ र २४ गते कार्यालयमा आंशिक क्षति पुगे पनि भदौ २९ गतेदेखि नै सेवा प्रवाह आंशिकरूपमा सञ्चालन गरी हाल सबै सेवा पूर्णरूपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । चितवनका सात स्थानीय तहमध्ये तीनमा भरतपुर कार्यालयबाट र बाँकी चारमा आन्तरिक राजस्व कार्यालय खैरहनीमार्फत सेवा प्रवाह भइरहेको छ । 

नेपाल सरकारले सङ्गठनात्मक संरचनामा केही परिवर्तन गरे पनि वैकल्पिक व्यवस्था नहुँदासम्म पुरानै संरचनाबाट सेवा निरन्तर रहने कार्यालयले स्पष्ट पारेको छ । कार्यालयका प्रमुख खड्काका अनुसार चितवनभित्र करिब ७२ हजार करदाता रहेका छन् ।

यो सङ्ख्या क्रमशः बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्मको राजस्व असुली लक्ष्य रु पाँच अर्ब ६५ करोडमध्ये रु पाँच अर्ब ५१ करोड अर्थात् ९७ दशमलव ४७ प्रतिशत असुली भएको उनले जानकारी दिए ।

गत वर्षसम्म पाँच हजारभन्दा बढी करदाताले करिब रु एक अर्ब ५५ करोड बक्यौता नबुझाएकोले अचल सम्पत्तिमाथि दाबी राखी कानुनी कारवाही थालिनेसमेत उनले बताए । उनले भने, ‘करदातालाई कर असुली तथा नियमित सेवामा सहयोग गर्न हामीले अपिल गरेका छौँ ।’

राजस्व चुहावट नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै खड्काले बजार अनुगमन टोली नियमितरूपमा खटाइएको बताए । उनले भने, ‘कारोबार गर्दा करदाताले बिल–बिजक जारी गरेका छन् कि छैनन् भन्ने विषयमा अनुगमन भइरहेको छ, यस कार्यमा सहयोग गर्न म सबैलाई आग्रह गर्दछु ।’

कुनै स्थानमा मेला, महोत्सव वा प्रदर्शनी सञ्चालन गर्दा आयोजकले सम्बन्धित निकायबाट अनुमति लिनुका साथै आन्तरिक राजस्व कार्यालयमा अस्थायी मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै प्रमुख खड्काले भने, ‘जिल्ला राजश्व चुहावट नियन्त्रण समितिको यही कात्तिक २४ गतेको बैठकले यस विषयमा निर्णय नै गरेको छ ।’ यसको अनुगमन कार्यालयले गर्ने उनले बताए ।

जेनजी आन्दोलनका क्रममा कार्यालयका करदातासम्बन्धी केही फाइल र कागजात नष्ट भएकाले स्थायी लेखा नम्बर खारेज गर्ने प्रक्रिया केही समयका लागि प्रभावित भएको भन्दै प्रमुख खड्काले भने, ‘यस्ता करदाताको कर परीक्षण गरी दायित्व एकिन गर्ने कार्य छरितो ढङ्गले सम्पन्न गर्न सरोकारवालाको पनि सहयोग आवश्यक हुन्छ ।’

आन्तरिक राजस्व विभागको निर्देशनानुसार कार्यालयले कर परीक्षण नीति कार्यान्वयन गरिरहेको छ । यसअन्तर्गत आयकर ऐन २०५८ र मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम म्याद पुगेका करदाताका फाइल तत्काल परीक्षण गर्ने र राजस्व जोखिमका आधारमा परीक्षण आवश्यक परेमा विभागीय स्वीकृति लिएर अनुसन्धान गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ ।

केही सञ्चारमाध्यममा आएका समाचारका आधारमा आन्तरिक राजस्व कार्यालयमा पेस गर्नुपर्ने आय विवरणका साथ संलग्न गर्नुपर्ने लेखा परीक्षण प्रतिवेदन आवश्यक पर्ने नपर्ने विषयमा द्विविधा भई करदाताले कार्यालयमा जिज्ञासा राख्ने गरेको बताउँदै उनले भने- ‘आय विवरण पेस गर्नुपर्ने दायित्व भएका करदातामध्ये डे०३ विवरण पेस गर्ने करदाता अर्थात् कुनै व्यक्ति वा संघ–संस्था, प्रतिष्ठान वा निकायले लेखा परीक्षकबाट कारोबारको लेखा परीक्षण गराइ आय विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था यथावत रहेको छ ।’

कार्यालयले आर्थिक ऐन २०८२ मार्फत प्रदान गरिएका आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी विशेष छुट तथा सुविधाका प्याकेजको उपयोग गर्न करदातालाई आग्रह गरेको छ । पुस मसान्तसम्म विवरण नबुझाएका, कर दाखिला नगरेका वा आयकर निर्धारणमा चित्त नबुझेका कारण कर तिर्न बाँकी रहेका करदाताले स्वयं विवरण बुझाइ सहुलियतपूर्ण व्यवस्था उपयोग गर्नसक्ने खड्काले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: