क्यानाडा । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा गाजाका लागि प्रस्तावित अन्तर्राष्ट्रिय सुरक्षा बल सम्बन्धी प्रस्तावबारे आशावाद व्यक्त गरेका छन् । उनका अनुसार उक्त प्रस्तावलाई छिट्टै अन्तिम रूप दिने प्रयासहरू सन्तोषजनक रूपमा अगाडि बढिरहेका छन् ।
“यो कार्यान्वयन हुने दिशामा अघि बढिरहेको छ भन्नेमा हामी आशावादी छौँ”, रुबियोले क्यानाडामा सम्पन्न जी–७ विदेशमन्त्रीहरूको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भने, “हामीले प्रस्तावको भाषामा उल्लेखनीय प्रगति गरिरहेका छौँ र आशा छ कि यसमा शीघ्र सहमति जुटाएर कार्यान्वयनको चरणमा पुग्नेछौँ ।” विदेशमन्त्री रुबियोका अनुसार संयुक्त राज्य अमेरिकाले विभिन्न मुलुकहरूसँग मिलेर ‘तिनीहरूको चासोलाई सन्तुलनमा राख्ने र सुरक्षा बलको संरचना कसरी हुने भन्ने विषयमा विस्तृत छलफल गरिरहेको’ छ ।
गत हप्तादेखि अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा दुई वर्षदेखि जारी गाजाको युद्धमा युद्धविरामको लागि नयाँ मस्यौदा प्रस्ताव प्रसारित गर्न सुरु गरेको हो । ट्रम्प प्रशासनले विगतमा संयुक्त राष्ट्रसङ्घप्रति बारम्बार आलोचनात्मक धारणा राख्दै आएको भए पनि धेरै राष्ट्रले गाजामा कुनै पनि प्रकारको सैन्य तैनाथी गर्नुअघि सुरक्षा परिषद्को स्वीकृति अनिवार्य हुने स्पष्ट सङ्केत दिएका छन् ।
रुबियोले गाजामा अन्तर्राष्ट्रिय बलको तैनाथीले केवल प्यालेस्टिनी जनतालाई थप सहयोग नपु¥याउने मात्र नभई हमासलाई पनि कमजोर पार्ने प्रयासमा सहायक हुने विश्वास व्यक्त गरे ।
“यदि तपाईंले केवल मानवीय सहायता मात्र होइन, पुनर्निर्माण र विकासको गति पनि तीव्र बनाउन चाहनुहुन्छ भने त्यसका लागि दिगो सुरक्षा अपरिहार्य हुन्छ”, उनले भने ।
उनले अन्तर्राष्ट्रिय समुदायलाई गाजामा स्थायित्व, पुनर्विकास र दीर्घकालीन शान्ति स्थापनाका लागि सामूहिक रूपमा अघि बढ्न आग्रह गरेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: