Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

हानिनोक्सानी कोषबाट क्षतिपूर्ति लिन प्रस्ताव आह्वान

खबरडबली संवाददाता

काठमाडौं । ब्राजिलको बेलेम सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप ३०) ले जलवायु परिवर्तनबाट भएको क्षति र नोक्सानीको भरणपोषणका लागि गठित हानिनोक्सानी कोषबाट क्षतिपूर्तिका प्रस्ताव आह्वान गरेको छ। यससँगै कोष औपचारिक रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

कोषले बार्बाडोस कार्यान्वयन मोडालिटी अन्तर्गत नेपाललगायत अति कम विकसित मुलुकहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालका अनुसार नेपालका योग्य सरकारी तथा गैरसरकारी संस्थाले प्रमाणित अध्ययनसहितको प्रस्ताव पेस गर्न सक्नेछन् ।

ढकालले भने, “नेपालजस्ता जलवायु परिवर्तनको चरम असर भोगिरहेका मुलुकका लागि यो कदम एक महत्वपूर्ण कोसेढुङ्गा हो ।” उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष, विपत् जोखिम न्यूनीकरण प्राधिकरण, राष्ट्रियस्तरका बैंक, इसिमोड, डब्लुडब्लुएफ, आइयुसिएन, एडीबी, विश्व बैंक र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू सबैले प्रस्ताव पेस गर्न सक्छन् ।

हाल यो कोष विश्व बैंकमार्फत सञ्चालन भइरहेको छ । विकसित र विकासशील मुलुकबीच लामो छलफलपछि सन् २०२२ मा इजिप्टको कोप २७ मा यसको स्थापना र सन् २०२४ मा सञ्चालन मोडालिटी अनुमोदन भएको थियो ।

ढकालका अनुसार जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लन, असामान्य वर्षा र खडेरीजस्ता समस्या बढ्दै गएका छन् । प्रभावित मुलुकहरूले कोषलाई बलियो बनाउन निरन्तर जोडबल गर्नुपर्ने उनले बताए ।

हाल कोषमा जम्मा भएको २५० मिलियन अमेरिकी डलरलाई पर्याप्त नभएको भन्दै विज्ञहरूले विकसित मुलुकलाई थप योगदान गर्न आग्रह गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending