Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

हानिनोक्सानी कोषबाट क्षतिपूर्ति लिन प्रस्ताव आह्वान

खबरडबली संवाददाता

काठमाडौं । ब्राजिलको बेलेम सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप ३०) ले जलवायु परिवर्तनबाट भएको क्षति र नोक्सानीको भरणपोषणका लागि गठित हानिनोक्सानी कोषबाट क्षतिपूर्तिका प्रस्ताव आह्वान गरेको छ। यससँगै कोष औपचारिक रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

कोषले बार्बाडोस कार्यान्वयन मोडालिटी अन्तर्गत नेपाललगायत अति कम विकसित मुलुकहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालका अनुसार नेपालका योग्य सरकारी तथा गैरसरकारी संस्थाले प्रमाणित अध्ययनसहितको प्रस्ताव पेस गर्न सक्नेछन् ।

ढकालले भने, “नेपालजस्ता जलवायु परिवर्तनको चरम असर भोगिरहेका मुलुकका लागि यो कदम एक महत्वपूर्ण कोसेढुङ्गा हो ।” उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष, विपत् जोखिम न्यूनीकरण प्राधिकरण, राष्ट्रियस्तरका बैंक, इसिमोड, डब्लुडब्लुएफ, आइयुसिएन, एडीबी, विश्व बैंक र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू सबैले प्रस्ताव पेस गर्न सक्छन् ।

हाल यो कोष विश्व बैंकमार्फत सञ्चालन भइरहेको छ । विकसित र विकासशील मुलुकबीच लामो छलफलपछि सन् २०२२ मा इजिप्टको कोप २७ मा यसको स्थापना र सन् २०२४ मा सञ्चालन मोडालिटी अनुमोदन भएको थियो ।

ढकालका अनुसार जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लन, असामान्य वर्षा र खडेरीजस्ता समस्या बढ्दै गएका छन् । प्रभावित मुलुकहरूले कोषलाई बलियो बनाउन निरन्तर जोडबल गर्नुपर्ने उनले बताए ।

हाल कोषमा जम्मा भएको २५० मिलियन अमेरिकी डलरलाई पर्याप्त नभएको भन्दै विज्ञहरूले विकसित मुलुकलाई थप योगदान गर्न आग्रह गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशील...

नवलपराँसीमा टिप्परको ठक्करबाट एकको मृत्यु, एकजना घाइते

नवलरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगा...

राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल

बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका ख...

अगामी पुस १ गतेदेखि बाघ गणना गरिने

चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...

विराटनगरमा पाँच करोड लागतमा ‘स्पोर्टस् एकेडेमी’ सञ्चालन गरिने

मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...

राष्ट्रपतिसमक्ष यी देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...

आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १० जना पक्राउ

कैलाली ।  जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...

देशमा समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता: गजुरेल

ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए ।  ब...

थाइल्यान्ड–कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु

बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending