Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

नेपाल–भारतबीच सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

खबरडबली संवाददाता

काठमाडौं । नेपाल र भारतबिच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ । 

संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।  आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारतको विशाखापटनम् जाने क्रममा आज भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग नयाँ दिल्लीस्थित भारतको वाणिज्य भवनमा भेटघाट गरेका थिए । 

सो अवसरमा दुवै देशबिच पारवहन सन्धिको संशोधित प्रोटोकलको औपचारिक आदानप्रदान गरिएको हो ।
यसअघि दुवै नाकाबाट सीमित चार वटा बल्क सामान मात्र रेलमार्फत ढुवानी गर्न सकिने व्यवस्था रहेकामा अब सबै प्रकारका कार्गो सामान रेल तथा सडक मार्गमार्फत पठाउन सकिने भएको प्रवक्ता बस्नेतले बताए । 

भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास तथा लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री सिन्हाले दुवै देशबीचको व्यापार र पारवहन सहजीकरणका लागि प्रमाणीकरण प्रक्रिया सरलीकरण गर्नुपर्नेमा जोड दिए । 

त्यस अवसरमा मन्त्री सिन्हाले भारतको ‘छिमेकी पहिला नीति’ को प्रशंसा गर्दै उक्त नीतिअनुरूप द्विपक्षीय व्यापार, पारवहन तथा लगानी प्रवद्र्धनका क्षेत्रमा अझ सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरे । भारतका मन्त्री गोयलले नेपाल भारतका लागि विशेष प्राथमिकता प्राप्त देश रहेको बताउँदै छलफलमा रहेका विषयहरुलाई शीघ्र निष्कर्षमा पुर्‍याउन दुवै देशका पदाधिकारीलाई निर्देशन दिए । 

उक्त भेटघाटमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा तथा दुवै देशका सम्बन्धित मन्त्रालयका वरिष्ठ अधिकारीको सहभागिता रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending