बुटवल । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार, एमाले र कांग्रेसले चुनाव भाँड्ने गतिविधि गरिरहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकार चुनाव गराउनेभन्दा सत्ता लम्ब्याउनेतर्फ केन्द्रित भएको टिप्पणी गरे ।
आजपा लुम्बिनी प्रदेश कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै साहले कांग्रेस र एमाले दुबैको भूमिका जनतामैत्री नभएको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसबीचको साँठगाँठले जेन–जी पुस्ताको बलिदानमाथि धोका पुर्याएको आरोप लगाए ।
साहले जेन–जी आन्दोलनको भावना कुल्चिएको र कुलमान घिसिङले आन्दोलनको अपहरण गर्दै सत्ता र शक्तिको लोभमा दल खोल्ने काम गरेको आरोप लगाए । उनले भने, “निर्दलीय भनिएको सरकारका मन्त्रीले शक्ति दुरुपयोग गर्दै दल खोल्नु अस्वीकार्य कुरा हो, प्रधानमन्त्रीले तत्काल कदम चाल्नुपर्छ ।”
त्यसैगरी उनले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउँदै जेन–जी आन्दोलनका क्रममा गोली प्रहार गर्ने जिम्मेवारहरूमाथि कारबाही गर्न नसकेको भन्दै राजीनामा माग गरे ।
साहले सरकारले जनताको म्याण्डेट पूरा गर्न नसकेको र देशलाई सही गन्तव्यमा पुर्याउन असमर्थ रहेको दाबी गरे । उनले मुलुकलाई निकास दिन अन्तरिम संविधान र अन्तरिम सरकारको विकल्प विचार गर्नुपर्ने सुझाव पनि दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: