बुटवल । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार, एमाले र कांग्रेसले चुनाव भाँड्ने गतिविधि गरिरहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकार चुनाव गराउनेभन्दा सत्ता लम्ब्याउनेतर्फ केन्द्रित भएको टिप्पणी गरे ।
आजपा लुम्बिनी प्रदेश कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै साहले कांग्रेस र एमाले दुबैको भूमिका जनतामैत्री नभएको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसबीचको साँठगाँठले जेन–जी पुस्ताको बलिदानमाथि धोका पुर्याएको आरोप लगाए ।
साहले जेन–जी आन्दोलनको भावना कुल्चिएको र कुलमान घिसिङले आन्दोलनको अपहरण गर्दै सत्ता र शक्तिको लोभमा दल खोल्ने काम गरेको आरोप लगाए । उनले भने, “निर्दलीय भनिएको सरकारका मन्त्रीले शक्ति दुरुपयोग गर्दै दल खोल्नु अस्वीकार्य कुरा हो, प्रधानमन्त्रीले तत्काल कदम चाल्नुपर्छ ।”
त्यसैगरी उनले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउँदै जेन–जी आन्दोलनका क्रममा गोली प्रहार गर्ने जिम्मेवारहरूमाथि कारबाही गर्न नसकेको भन्दै राजीनामा माग गरे ।
साहले सरकारले जनताको म्याण्डेट पूरा गर्न नसकेको र देशलाई सही गन्तव्यमा पुर्याउन असमर्थ रहेको दाबी गरे । उनले मुलुकलाई निकास दिन अन्तरिम संविधान र अन्तरिम सरकारको विकल्प विचार गर्नुपर्ने सुझाव पनि दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: