Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

तत्कालीन आईजीपीलाई पनि उपत्यका नछोड्न आदेश, तर ओली र लेखकसहित कसैलाई पनि दिइएको छैन पत्र

पूर्वगृहमन्त्री लेखक भन्छन्- मिडियाबाट सुनेको आधारमा सरकारको निर्णय मानिदिनुपर्ने ?

खबरडबली संवाददाता

काठमाडौँ । २३–२४ भदौका घटना जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीलाई एकपछि अर्को गर्दै स्थानहद तोकेर कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्दै आएको छ । तर सम्बन्धित कसैलाई पनि आधिकारिक जानकारी गराइएको छैन । आयोगले उनीहरूसँग सोधपुछ पनि गरेको छैन । 

आयोगले पछिल्लो पटक बिहीबार निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउन र स्वीकृतिबेगर उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ ।

आईजीपीबाट अवकाश पाएकै दिन बिहीबार खापुङलाई स्थानहद गर्ने निर्णय आयोगले लिएको हो । उनलाई जाँचबुझका लागि जुनसुकै बेला आयोगमा उपस्थित हुनुपर्ने भएकाले यात्रामा रोक लगाउन सिफारिस गरिएको आयोगले जनाएको छ ।

यसअघि १२ असोजमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई स्थानहद तोकिएको थियो । आयोगको सिफारिसका आधारमा तत्कालै सरकारले उनीहरूलाई विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।

आयोगले स्थानहदसम्बन्धी निर्णय विज्ञप्तिमार्फत तत्कालै सार्वजनिक गर्दै आए पनि सम्बन्धित व्यक्तिलाई आधिकारिक जानकारी गराइएको छैन । ‘संविधानको कुन धारा, कुन कानुनअनुसार र के औचित्य एवं कति अवधिका लागि स्थानहद गरिएको हो भन्नेबारे जानकारी दिनु पर्दैन ?,’ पूर्वगृहमन्त्री लेखक भन्छन्, ‘मिडियाबाट सुनेको आधारमा सरकारको निर्णय मानिदिनुपर्ने ?’

पूर्वप्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले पनि स्थानहदबारे अहिलेसम्म कुनै आधिकारिक पत्र नआएको बताए । अनुसन्धान विभागका पूर्वप्रमुख थापालगायतले पनि आयोगबाट पत्र पाएका छैनन् । आन्दोलनका क्रममा भएको क्षतिको मूल्यांकन तथा पुनर्निर्माण योजना तयार गर्न गठित समितिका संयोजक दुवाडीलाई भने आयोगले उपत्यकाबाहिर जान अनुमति दिएको छ ।

दुवाडीले दिएको निवेदनका आधारमा विवरण संकलन गर्न उपत्यकाबाहिर जान उनलाई अनुमति दिइएको हो । पूर्वप्रधानमन्त्रीसहित पाँच जनालाई स्थानहद गरिएको डेढ महिना बितिसक्दासम्म आयोगले कसैसँग सोधपुछ गरेको छैन । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको कार्यकाल भने अब डेढ महिनाभन्दा कम बाँकी छ ।

कपिलवस्तुको घटना, बुटवलको घटना र सर्वोच्च अदालतले गठन गरेको बेपत्ता पारिएका व्यक्तिहरूको खोजबिन तथा सिफारिस आयोगमा अध्यक्षता गरेका उच्च अदालतका पूर्वन्यायाधीश लोकेन्द्र मल्लिक कुनै व्यक्तिविरुद्ध निर्णय हुनुअघि वा भएपछि जानकारी दिनुपर्ने बताउँछन् । सम्बन्धित व्यक्तिलाई सूचना नदिँदा सार्वजनिक प्रश्नसमेत उठ्ने उनको भनाइ छ । ‘यो मौलिक हकको कुरा पनि हो । कुनै व्यक्तिलाई पक्राउ गरिन्छ भने पक्राउ पुर्जी दिइन्छ । त्यस्तै जाँचबुझ आयोगले पनि कोही अनुसन्धानको दायरामा भए जानकारी दिनुपर्छ,’ उनले भने, ‘यो व्यक्तिको जान्न पाउने हक पनि हो । सञ्चारमाध्यमबाट मात्र जानकारी पाएर हुँदैन ।’

आयोगले पहिला पत्र दिएर सूचना सार्वजनिक गरेको भए राम्रो हुने मल्लिक बताउँछन् । ‘जाँचबुझ आयोगको काम धेरै नै जिम्मेवारपूर्ण हुन्छ अनि गम्भीर पनि हुन्छ,’ उनले भने, ‘जाँचबुझमा धेरै कुरा गोप्य पनि राख्नुपर्ने हुन सक्छ । नत्र अनुसन्धान हुनुपर्ने व्यक्ति बाहिर गएर आयोगले कामै गर्न पनि नसक्ने हुन सक्छ । त्यसमा ख्याल गर्दै सम्बन्धित व्यक्तिलाई जानकारी दिएर आयोग अघि बढ्नुपर्छ ।’

पूर्वगृह सचिव उमेशप्रसाद मैनाली आयोग जाँचबुझ र अनुसन्धानको घेरामा परेका व्यक्तिलाई स्थानहद लगाउन र विदेश यात्रामा रोक लगाउन सक्ने भए पनि सार्वजनिक गर्न नहुने बताउँछन् ।

‘अनुसन्धान र जाँचबुझका क्रममा रहेका मानिसलाई कतै जान नदिने हो भने सम्बन्धित मन्त्रालय वा सुरक्षा निकायमार्फत गोप्य रूपमा जानकारी दिनुपर्छ,’ उनी भन्छन्, ‘अझ चुनाव घोषणा भइसकेको पृष्ठभूमिमा त झन् नेतृत्वमा रहिसकेका व्यक्तिलाई गरिने परिपत्र सार्वजनिक गर्नै हुँदैन । तर सबैमा हिरो हुनुपर्ने र वाहवाही कमाउनुपर्ने मानसिकता छ ।’

२०६२/६३ को जनआन्दोलन दमनबारे जाँचबुझ गर्न आयोग गठन हुँदा गृह सचिव रहेका मैनालीले विभिन्न व्यक्तिको यात्रा र हिँडडुलमा रोक लगाउन आयोगबाट गोप्य रूपमा सिफारिस आएको र त्यसलाई सार्वजनिक नगरिएको उदाहरण सुनाए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending