Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

मधेशमा गहिरिँदै राजनीतिक संकट, सडकदेखि सर्वोच्चसम्म तनाव

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक संकट चुलिएको छ। संविधानको धारा १६८(३) बमोजिम नेकपा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि प्रदेशको राजनीतिक द्वन्द्व सडकदेखि सर्वोच्च अदालतसम्म पुगेको छ। सात दलीय गठबन्धनले मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दाबी गर्दै आन्दोलन थालेका छन्।

सातदलीय गठबन्धन सडकमा, सभामुखविरुद्ध अविश्वास प्रस्ताव

गठबन्धनले मुख्यमन्त्री नियुक्तिको विरोध गर्दै प्रदेश सभा सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको छ। तर प्रस्ताव दर्तासँगै संसदभित्र नै दुई पक्षबीच बाछाबाछ र धक्का–मुक्की भएको वर्णन सांसदहरूले गरेका छन्।

उपसभामुख बबिता कुमारीको कक्षमा प्रस्ताव दर्ता गर्ने क्रममा कर्मचारी तथा सभामुख पक्षले रोक्न खोज्दा तनाव चुलिएको थियो। प्रस्ताव दर्ता भएर निस्कन लाग्दा सातदलीय सांसदहरू ‘बन्धक’ बनाइएका दाबी गरिएको छ। प्रहरी हस्तक्षेपपछि दुई घण्टापछि मात्र उनीहरू बाहिर निस्कन पाएका थिए।

सभामुख मण्डलले भने कसैलाई नथुने र कुनै हातपात नभएको दाबी गर्दै आरोपहरू असत्य भएको प्रतिक्रिया दिएका छन्।

सभामुखद्वारा पाँच सांसद पदमुक्त

अविश्वास प्रस्ताव दर्ताको केहीबेरमै सभामुखले ‘लगातार १० बैठकमा अनुपस्थित’ भएको आरोप लगाउँदै पाँच सांसदलाई पदमुक्त गरेका छन्।
तर उपसभामुख राउतले सभामुखको निर्णय ‘अवैध’ भन्दै बदर गरेको सूचना जारी गरेकी छन्। विवादित पाँचै सांसद पुनः बहाल छन् भन्ने गठबन्धन दलको दाबी छ।

गठबन्धनका नेताहरूले सभामुखले महाअभियोगबाट जोगिन प्रतिशोधस्वरूप कारबाही गरेको आरोप लगाइरहेका छन्।

संकटको सुरु—विश्वासको मतअघि नै मुख्यमन्त्रीको राजीनामा

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनल २२ कात्तिकमा विश्वासको मत लिन असफल हुने अवस्था आएपछि मतदान अघि नै राजीनामा दिए। त्यसपछि नयाँ सरकार गठनका लागि संविधानको धारा १६८(२) लागू हुनुपर्ने बताइए पनि प्रदेश प्रमुखले रातारात एमाले नेता यादवलाई १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिन्।

अहिलेसम्मकै सबैभन्दा विवादास्पद घटनामा प्रदेश प्रमुख भण्डारीले बिहान ४ बजे काठमाडौं जाने भन्दै जनकपुरबाट निस्किएर बर्दिबासस्थित होटलमा पुगेकी थिइन् र त्यहीँ एमाले नेता यादवलाई शपथ गराएकी थिइन्।

यसको विरोधमा गठबन्धन दलका सांसदहरू सडकमा उत्रिएका छन् र मुद्दा सर्वोच्च अदालतमा पुगेको छ।

सभामुखको पद जोखिममा?

मधेश प्रदेशसभामा सभामुखविरुद्धको अविश्वास प्रस्तावमा ६४ सांसदले हस्ताक्षर गरिसकेको गठबन्धनको दाबी छ।
कुल १०७ सदस्यमा दुई–तिहाइका लागि ७२ मत आवश्यक पर्छ।

गठबन्धनसँग निलम्बनबाहेक ७८ सांसद भएको दाबी गरिँदैछ। विवादित चार सांसदले साथ दिए वा पदमुक्त पाँच सांसद अदालतबाट पुनः बहाल भए, सभामुख मण्डलको पद जोगिन कठिन देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending