काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग मिलेर सरकार गठन गर्नु नै पार्टी नेतृत्वको गम्भीर राजनीतिक गल्ती भएको बताएका छन् । उनले सो गठबन्धनकै कारण अहिलेको राजनीतिक अस्थिरता र संस्थागत अविश्वास सिर्जना भएको जिकिर गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा बोल्दै थापाले पार्टी सभापति शेरबहादुर देउवाले आफूहरूको चेतावनी बेवास्ता गरेर एमालेसँग हातेमालो गरेको आरोप लगाए। उनले आफूले सुरु देखिनै ‘कुनै हालतमा काँग्रेस–एमाले सरकार बनाउनु हुँदैन’ भनेर स्पष्ट अडान राखे पनि त्यो सुन्ने प्रयास नभएको बताए ।
थापाका अनुसार एमालेसँग सहकार्यको तयारीबारे पार्टीका शीर्ष पदाधिकारीलाई समेत औपचारिक जानकारी नदिइएको थियो । “म महामन्त्री हुँ, तर गठबन्धन बन्ने कुरा पत्रिकामार्फत थाहा पाउनु पर्यो,” थापाले भने । उनका अनुसार बुढानीलकण्ठमा बसेका पदाधिकारीहरूलाई समेत स्थिति बुझ्न बाहिरका समाचार र प्रतिक्रियामा निर्भर रहनु परेको थियो ।
सभापति देउवाले आफूहरूको राय छलेर निर्णय गरेको आरोप लगाउँदै थापाले थपे, “मैले सभापतिको घरमै गएर ‘यो तपाईँको प्राइभेट कम्पनी हो ?’ भन्दै प्रश्न सोधेको हुँ । निर्णय भोलिपल्ट मात्र नेताहरूलाई जानकारी दिने प्रणाली लोकतान्त्रिक पार्टीमा स्वीकार्य हुँदैन ।”
थापाले आफूले सभापतिसँग प्रतिवाद गर्दा पनि त्यसलाई अन्तिमसम्म समय नदिई ‘पछि छलफल गरौँला’ भन्ने आश्वासनसँगै सहमति जनाउनु नै अर्को गल्ती भएको स्वीकार गरे । “त्यो बेलै कठोर रूपमा उभिनु पर्ने रहेछ,” उनले भने ।
बैठकमा थापाले पार्टी नेतृत्वको निर्णय प्रक्रियामा पारदर्शिता अभाव, शीर्ष तहको एकाधिकार र कार्यकर्तालाई नसमेट्ने प्रवृत्तिले काँग्रेसभित्र असन्तोष बढिरहेको टिप्पणी पनि गरेका छन् । उनले यस्ता गल्ती दोहोरिन नदिने गरी भविष्यमा संस्थागत निर्णय प्रक्रिया बलियो बनाउन आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - २०:१९
काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...
मंसिर २४ गते, २०८२ - २०:१४
बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ । बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...
मंसिर २४ गते, २०८२ - १९:५८
उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...




प्रतिकृया लेख्नुहोस्: