Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

जेन-जी आन्दाेलन: सिंहदरबार जल्दा एक अर्वकाे क्षति

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनले थपिएको आगलागीको प्रभाव अहिले आर्थिक मूल्यांकनभन्दा पनि राष्ट्रको प्रमुख प्रशासनिक केन्द्रको सुरक्षा, संरचना र निरन्तरता मा ठूलो प्रश्न खडा भएको छ । 

गत भदौ २४ गते जलेको सिंहदरबारको मूल भवन केवल भौतिक रूपमा मात्रै होइन, नेपालको शासन व्यवस्था सञ्चालनको ऐतिहासिक संरचनै प्रभावित बनेको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग र नेपाल इन्जिनियर्स एसोसिएसनको संयुक्त प्रतिवेदन अनुसार भवनमा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति देखिए पनि यति ठूलो क्षतिले सरकारी निर्णय, सुरक्षा तथा प्रशासनिक प्रक्रियामा परेको दीर्घकालीन असरको मूल्यांकन भने अझै गर्न नसकिएको इन्जिनियरहरूको भनाइ छ ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइका कामु आयोजना प्रमुख झपटसिंह विश्वकर्माका अनुसार अग्निकाण्डले भवनको पश्चिमी भाग अत्यधिक क्षतिग्रस्त बनेको छ, जसले सिंहदरबारको उपयोगयोग्यता र संरचनागत सुरक्षा दुवैलाई प्रश्नमा पारेको छ । “मूल भवनभित्र इन्जिनियरले समेत सहज रूपमा छिर्न नसक्ने स्थिति छ,” उनले भने । 

करिब एक सय २० वर्ष पुरानो मूल भवनभित्र रहेको ‘स्टेट हल’ पूर्ण रूपमा जलेर नष्ट भएको छ । राज्यको अतिविशिष्ट पाहुनालाई स्वागत गर्ने यो कक्ष केवल काठ र चित्रकलाबाट सजाइएको कोठा मात्र थिएन—यो नेपालको कूटनीतिक इतिहास बोकेको स्थान थियो ।

विदेशी पाहुनाले दिएको बहुमूल्य उपहारदेखि पुरातात्त्विक कलासम्म सबै सामग्री आगोले नष्ट गरिदिएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

प्रशासनिक प्रणालीमै धक्का

आगोले फर्निचर, गलैंचा, आइटी प्रणाली, सुरक्षा साधन, टेलिफोन, सिसिटिभी, कम्प्युटर, बत्ती प्रणाली मात्र होइन, सरकारका महत्त्वपूर्ण कागजात र सन्धिसम्झौताका प्रतिलिपिसम्म जलेको अनुमान गरिएको छ ।

विशेष किसिमका काठ र ऐतिहासिक सामग्रीहरू जलेका कारण क्षतिको वास्तविक मूल्यांकन अझै अनुमान गर्नै नसकिने अवस्थामा छ ।

इन्जिनियरहरूले भवनलाई रातो स्टिकर टाँसेर ‘प्रयोगयोग्य छैन’ भन्ने निष्कर्ष दिइसकेका छन् । अब सिंहदरबारको मूल भवन पुनर्निर्माण गर्ने कि नयाँ संरचनाबाट प्रतिस्थापन गर्ने भन्ने विषयमा सरकारी निकायहरू निर्णयमा पुग्न सकेका छैनन् ।
२०७२ को भूकम्पपछि प्रबलीकरण गर्दा पनि करिब एक अर्ब रुपैयाँ खर्चिएको सिंहदरबार फेरि त्यही मोडमा उभिएको छ ।तर यो पटक क्षति सांस्कृतिक, प्रशासनिक र राजनीतिक तीनै तहमा परेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: