काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले आगामी फागुन २१ गते हुने आमनिर्वाचनको वातावरण पूर्ण रूपमा बनेको बताएका छन्। दक्षिण कोरिया भ्रमणका क्रममा नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने दोहो¥याए।
“फागुन २१ मा निर्वाचन गर्छौं। निर्वाचनका लागि वातावरण बनिसकेको छ,” उनले भने, “भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि तयार छ। नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। कुनै राजनीतिक दलले निर्वाचनमा नआउने भनेका छैनन्, केही दलले सुरक्षा सुदृढताबारे चासो मात्रै राखेका छन्।”
मन्त्री खरेलका अनुसार जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका मुख्य प्राथमिकता निर्वाचन, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी–नवप्रवर्द्धन हुन्।
‘एआई र डिजिटल रूपान्तरण नेपालकाे भविष्य’
खरेलले एआई र डिजिटल ट्रान्सफर्मेसन नै नेपालको दीर्घकालीन विकासको आधार भएको बताए। नेपालले राष्ट्रिय एआई केन्द्र स्थापना गरिसकेको उल्लेख गर्दै उनले कोरिया सरकारसँग ज्ञान, सीप र प्रविधि साझेदारीमा थप सहयोगको अपेक्षा व्यक्त गरे।
उनका अनुसार विदेशमा रहेका नेपालीको मुख्य चाहना शान्ति, स्थिरता र सुशासन भएकाले सरकार त्यस दिशामा ‘गलत नगरिने’ प्रतिबद्धताका साथ अघि बढेको छ। ‘निर्वाचन प्रणाली सुधारमा सर्वपक्षीय छलफल हुन्छ’
सरकार संविधानको आधारमा गठन भएको र सबै दल तथा अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको उल्लेख गर्दै मन्त्री खरेलले जेनजीको भावना अनुसार निर्वाचन प्रणाली र शासकीय संरचनामा सुधारबारे सर्वपक्षीय छलफल हुने बताए।
उनले भने, “निर्वाचन प्रणाली सुधार गर्नैपर्छ। खर्चिलो हुन नहुने, प्रभावकारी प्रणाली बनाउन सबै दलसँग सहमति खोजिन्छ। विदेशमा रहेका नेपालीलाई भोट दिन मिल्ने व्यवस्था अध्यादेशमार्फत भए पनि अघि बढाइनेछ।”
कोरियासँग सहकार्य, सीधा उडान र एनआरएनको माग
मन्त्री खरेलले नेपाल एयरलाइन्सको कोरिया–नेपाल सीधा उडानका लागि पहल गरिने प्रतिबद्धता जनाए। साक्षात्कार कार्यक्रममा— महासङ्घ दक्षिण कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्का, दक्षिण कोरियास्थित नेपाली दूतावासका द्वितीय उपाध्यक्ष जेमिन अधिकारी, एनआरएनए आइसिसी महिला उपाध्यक्ष जुनु गुरुङ लगायतले कामदारको समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण र सुशासन प्रवर्द्धनमा सरकारलाई सक्रिय हुन आग्रह गरे।
साथै विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था छिटो लागू गर्न माग राखियो। कोरियामा झण्डै एक लाख नेपाली रहेका छन्।
ग्लोबल आइसीटी लिडरसिप फोरममा सहभागिता
‘ग्लोबल आइसीटी लिडरसिप फोरम–२०२५’ मा सहभागी हुन मन्त्री खरेल कात्तिक २५ गते दक्षिण कोरिया पुगेका थिए। कोरियाको विज्ञान तथा आइसीटी मन्त्रालय (MSIT) र नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (NIA)ले संयुक्त रूपमा फोरम आयोजना गरेका छन्। मन्त्री खरेल आज साँझ स्वदेश फर्कने कार्यतालिका छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: