Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्छ : उपमहासचिव ज्ञवाली

खबरडबली संवाददाता

गुल्मी ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल, गुल्मी शाखाले शनिबार तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिक स्थिरता बिना विकास सम्भव नहुने जिकिर गरे।

उनका अनुसार देशको परिवर्तन, विकास र सु­शासनका सबै प्रयास सफल हुन राजनीतिक दलहरूबीच सहकार्य र युवापुस्ताको सक्रिय सहभागिता अनिवार्य छ।
“राजनीतिक स्थायित्व नै विकासको पहिलो सर्त हो,” ज्ञवालीले भने, “हामी सबै एक ढंगले अघि बढ्यौँ भने मात्र मुलुकले गति लिन सक्छ।”

एमाले ऊर्जाशील बन्न ‘रूपान्तरण अभियान’

नेता ज्ञवालीले पार्टीभित्र जनतामुखी संगठन निर्माण तथा आन्तरिक व्यवस्थापन सुधारमा जोड दिँदै ‘रूपान्तरण अभियान’ सुरु गरिएको बताए।
उनका अनुसार एमाले जनतामाझ प्रत्यक्ष उपस्थित भई समस्या तथा भावना बुझ्दै पुनःऊर्जाशील बन्न जुटिएको छ।

‘जेन्जी आन्दोलन’मा घुसपैठको आरोप

हालैको ‘जेन्जी आन्दोलन’का सन्दर्भमा बोल्दै उनले सो आन्दोलनमा विभिन्न समूहको घुसपैठ भएको दाबी गरे। सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा भएको आगजनी योजनाबद्ध रूपमा गरिएको उनको टिप्पणी छ। “आन्दोलनका वास्तविक मुद्दा फरक हुन्, तर त्यसमा घुसपैठ गराएर अराजकतापूर्ण गतिविधि बढाइएको पाइन्छ,” ज्ञवालीले भने।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

तनहुँ  । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भए...

देउवामाथि अनुसन्धानको चर्चा, रावलको प्रतिवाद—‘दाइजोको सम्पत्ति हो’

काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेर बहाहदुर देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने चर्चाप्...

प्रधानमन्त्रीको आधिकारिक तस्बिर संशोधन, चश्माको ब्रान्ड हटाइयो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर केहीबेरको अन्तरालमै संशोधन गरी पुनः सार्वजनिक गरिएको छ। आज दिउँसो पहिलोपटक सार्वजनिक गरिएक...

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

 काठमाडौं । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने घोषणा गरिएको छ। उक्त घोषणा अमे...

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर न...

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी, एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प...

जेनजी आन्दोलनमा पक्राउ परेकालाई छुटाइदिन्छु भन्दै ९ लाख ठगी, श्रीमान श्रीमती पक्राउ

काठमाडौं । प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं...

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि...

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामि...

जापानले तैनाथ गर्‍यो लामो दूरीको मिसाइल

टोकियो ।  क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गरेको छ। अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अ...

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल हाजिरी जमानीमा रिहा

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको रायअनुस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending