Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

केपी शर्मा ओली र रमेश लेखकले जेन-जी आन्दाेलनकाे धनजनकाे क्षतिकाे जिम्मा लिनुपर्छ: भीम रावल

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले भदौ २३ गते जेन–जी आन्दोलनको क्रममा भएको दमनको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले पदाधिकारीहरूले घटनाप्रति जिम्मेवार हुनुपर्ने जोड दिए । "भदौ २३ को घटनामा तत्कालीन सरकार, प्रधानमन्त्री र राजनीतिक दलहरू जिम्मेवार हुनैपर्छन् । संविधानले निषेध गरेको काम वा कर्तव्य निर्वाह नगरेमा उच्च पदाधिकारीले जिम्मेवारी लिनुपर्छ," उनले भने ।

एमाले अध्यक्ष ओलीले दमनबारे 'मलाई थाहा छैन, मैले आदेश दिएको छैन' भन्दै गैरजिम्मेवार जवाफ दिएको भन्दै रावलले आक्रोश व्यक्त गरे । "संसदीय प्रणालीमा कुनै घटना भए प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जिम्मेवारी लिन्छन् । यो लोकतन्त्रको न्यूनतम मान्यता हो । कसको जिम्मेवारी हो त ?" उनले प्रश्न गरे । त्यस्तै, भदौ २४ को विध्वंसको गहिरो अध्ययन आवश्यक रहेको उल्लेख गर्दै वर्तमान सरकारका लक्षणहरू सुखद् नभएको बताए । "सरकारले मन्त्री बनाउने क्रममा अदालतमा बयान दिने, काण्डमा दोषी र नैतिक रूपमा कलङ्कित व्यक्तिहरू नै छानिएका छन्," उनले भने ।

छ महिनाको चुनावी सरकारले दीर्घकालीन सम्झौता गर्न नमिल्ने स्मरण गराउँदै भारतसँगको पारस्परिक कानूनी सहायता सम्झौताप्रति आपत्ति जनाए । "यो सम्झौतामा एक देशको कानून व्यवसायीले अर्को देशको अदालतमा बहस गर्ने प्रावधान आपत्तिजनक छ । मैले गृहमन्त्री हुँदा यसलाई हटाउन भनेको थिएँ । नेपालले लामो समयदेखि अस्वीकार गर्दै आएको यो प्रावधान किन लुकाएर निर्णय गरियो ? युवाहरूले तुरुन्त बाहिर ल्याउन आवाज उठाउनुपर्छ," रावलले भने ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालमाथि पनि प्रश्न उठाउँदै किशोरीहरूको डिम्ब दुरुपयोग गर्ने संस्थालाई उन्मुक्ति दिएको भन्दै आपत्ति व्यक्त गरे । "कानूनविपरीतको कार्यमा कारबाही नगर्नु सुशासन हो ? यसको उत्तर दिनुपर्छ," उनले भने । ऊर्जामन्त्री कुलमान घिसिङको भारतसँगको विद्युत सम्झौताप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

जेन–जी आन्दोलनकारीहरूले १३–२८ वर्षका युवाहरूबाट नेतृत्व खोज्ने नारा लगाए पनि ७३ वर्षकी निवृत्त प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको प्रश्न गरे । "विद्रोहबाट आएको भन्दै निवृत्तिभरण खाएर बस्ने वृद्धलाई किन जिम्मेवारी ? युवाहरूले अवसर पाउनुपर्छ," उनले भने ।

फागुन २१ मा निर्वाचन घोषणा भएको सन्दर्भमा आगामी आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नुपर्ने जिम्मेवारी सरकारको रहेको बताए । "कैदीबन्दी र हतियार बाहिर छन्, समाजमा अराजकता बढ्दै छ । यो नियन्त्रण गर्नुपर्छ," रावलले चेतावनी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending