बोगोटा । कोलम्बियाली सैनिकले भेनेजुएला सीमा नजिकको एराउका प्रान्तमा बमबारी गर्दै नौ विद्रोही समूहका लडाकू मारिएको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।
उक्त कारबाही राष्ट्रपति गुस्ताभो पेट्रोको निर्देशनअनुसार भएको हो, जसले कोकेन तस्करीमा संलग्न विद्रोहीसँगको सङ्घर्षलाई तीव्र बनाउने प्रयास गरिरहेका छन् । राष्ट्रपति पेट्रोमाथि यसअघि विद्रोहिसँग पर्याप्त कदम नचालेको आरोप लागेको थियो ।
स्थानीय सञ्चार माध्यमले जनाएका अनुसार, यस हमलामा उच्चस्तरीय विद्रोही कमान्डर एन्तोनियो मेडिनालाई मारिएको छ कि भन्ने विषयमा अनुसन्धान भइरहेको छ । मेडिना पूर्व-फार्क लडाकू र नेशनल लिबरेसन आर्मी (ईएलएन) समूहबिचको रक्तरञ्जित युद्धमा मुख्य भूमिकामा रहेका थिए ।
यस हप्ताको सुरुमा कोलम्बियाली सैनिकले अमेजन क्षेत्रमा रहेका एक पूर्व-फार्क उपसमूहमाथि हवाई हमला गर्दै १९ जना लडाकूको हत्या गरेका थिए । राष्ट्रपतिले विद्रोहिसँगको युद्धलाई तीव्र बनाउने निर्देशन दिएका छन्, तर उनको प्रशासनलाई अमेरिकाबाट आलोचना पनि प्राप्त भएको छ ।
अक्टोबरमा अमेरिकाले पेट्रो, उनका श्रीमती, छोरा र एक उच्च अधिकारीमाथि ऐतिहासिक प्रतिबन्ध लगाएको थियो। । उनीहरूलाई मादक पदार्थ तस्करीमा सहकार्य गरेको आरोप लागेको थियो, यद्यपि अमेरिकाले प्रत्यक्ष प्रमाण प्रस्तुत गरेको छैन ।
पेट्रोले सन् २०२२ मा सत्ता सम्हालेपछि सशस्त्र कोकेन उत्पादक समूरूसँग वार्ता गर्न प्राथमिकता दिएका थिए । पेट्रो पुनः राष्ट्रपति बन्न नसक्ने भएकाले, आगामी चुनावमा यस आलोचनाले उनका राजनीतिक सहयोगीलाई असर पुर्याउने सम्भावना छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: