Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

नेपाल–अस्ट्रेलिया सम्बन्ध परिपक्क बन्दै प्रधानमन्त्री कार्की

खबरडबली संवाददाता

काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले दुई देशबीचको सहकार्य र मैत्रीपूर्ण सम्बन्ध ‘विश्वस्त साझेदारी’का रूपमा परिपक्व बन्दै गएको बताएकी छिन् । 

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासद्वारा काठमाडौंमा आयोजित स्मृति समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकासदेखि विपद् व्यवस्थापनसम्मका क्षेत्रमा अस्ट्रेलियाले दिएको सहयोगले नेपालका विकास प्रयासमा दीर्घकालीन प्रभाव पारेको उल्लेख गरिन । 

उनले भनिन्, “नेपालको विकास यात्रामा अस्ट्रेलिया विश्वसनीय साझेदार रहँदै आएको छ । सहकार्यका यी दशकहरूले हाम्रो मित्रता र आपसी समझदारीलाई थप मजबुत बनाएको छ ।”

प्रधानमन्त्री कार्कीले विशेषगरी अस्ट्रेलियामा अध्ययनरत र बसोबास गरिरहेका करिब दुई लाख नेपाली समुदायलाई दुई मुलुकबीचको ‘जीवित सेतु’का रूपमा व्याख्या गर्दै उनीहरूले सम्बन्धलाई आत्मीयतासहित जोडिएको बताइन । 

प्रधानमन्त्री कार्कीका अनुसार नेपालले सन् २०२६ मा अति कम विकसित देशको सूचीबाट बाहिर निस्कने लक्ष्य लिएको छ, जसलाई समर्थन गर्दै आएको अस्ट्रेलियाप्रति नेपाल कृतज्ञ छ । उनले पर्यटन, प्रविधि र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रहरूमा लगानी र सहकार्यका नयाँ सम्भावना बढ्दै गएको बताउँदै “नेपाल–अस्ट्रेलियाको व्यापार र लगानी विस्तारका लागि अनुकूल वातावरण निर्माण भइरहेको छ” भनिन । 

समारोहमा प्रधानमन्त्री कार्कीले पछिल्ला जनआन्दोलन र राजनीतिक सक्रियताले युवा पुस्ताले भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी शासन माग गरेको स्पष्ट भएको बताइन । “युवा पुस्ताको चाहना अब स्पष्ट छ—जवाफदेही र भ्रष्टाचारविहीन सरकार । मेरो सरकार भ्रष्टाचार उन्मूलन र सुशासनलाई प्राथमिकतामा राख्दै आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीमा छ,” उनले भनिन् ।

कार्कीले अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनको कार्यकाल सकिँदै गरेको सन्दर्भमा उनले नेपाली जनताप्रति देखाएको समर्पण र कूटनीतिक सक्रियताले सम्बन्ध अझ सुदृढ भएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरिन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: