Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सोलुमा ‘पावर–टिकट’को साम्राज्य : सर्वसाधारणकाे उडान अधिकार अपहरण

खबरडबली संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्की शनिबार बिहान काठमाडौँ जान बाध्य भए। घरको समस्या थियो, अत्यावश्यक काम । उनले जस्तै धेरैजना सामान्य नागरिक, फोन समाते । तर सधैंजस्तै उत्तर एउटै थियो—“टिकट छैन।”

कार्कीको हातमा मात्र छैन, यो समस्या सोलुखुम्बुका सबै तल्लो भेगका स्थानीयहरूका लागि सामान्य कथा हो । टिकट नपाएपछि सडक यात्रा विकल्पमा सीमित रहे, उनी घण्टौं बस यात्रा गर्ने बाध्यता भोग्न तयार भए।

यो कार्कीकाे मात्र व्यक्तिगत पीडा मात्र होइन आम सर्वसाधरणले उनले जस्तै व्यहाेर्नु पर्छ ।सामान्य यात्रुको हैसियतमा यहाँ टिकट पाउनु लगभग असम्भव छ । विमान सेवा पहुँचविहीन र पहुँचवाला व्यक्तिको कब्जामा कसरी भएको छ ? अहिले सबैकाे प्रश्न एउटै छ ।

फाप्लु–काठमाडौँ उडान सप्ताहमा चार दिन मात्रै छ—सोमबार, बुधबार, शुक्रबार र शनिबार। निजी एयरलाइन्सले तालिका नै हटाइसकेका कारण, स्थानीयहरू नेपाल एयरलाइन्सको एकाधिकारमा निर्भर छन्। तर समस्या त्यतिमै रोकिएन।

स्थानीय व्यवसायी महेश अधिकारीको शब्दमा, “सामान्य नागरिकले फोन गर्दा ‘टिकट छैन’ भन्छन्, तर पावर वा पहुँचवाला मान्छेले फोन गरेपछि तुरुन्तै टिकट निकालिदिन्छन्।” यही ‘पावर’ नै टिकटको साँच्चिकै कुंजी बनेको छ।

सन्देश राईको अनुभव अझ कठोर थियो । काठमाडौँबाट सोलु आउँदा टिकट सजिलै मिल्छ, तर सोलुबाट काठमाडौँ फर्कनु भने फलामको चिउरा चपाउन सरह कठिन छ। “यदि फाप्लुबाट उड्नुपर्छ भने टिकटभन्दा पहिला तपाईंको ‘पावर’ र पहुँचवाला आफन्त खोज्नुपर्छ।”

फाप्लु विमानस्थलमा उभिएर कार्की, रश्विन, महेश र सन्देश सबैले एउटै कुरा महसुस गरे ।अहिले साेलुमा सामान्य यात्रुका लागि हवाई यात्रा सपना जस्तै भएकाे छ ।

स्थानीयका लागि, यो केवल टिकटको समस्या होइन । स्वास्थ्य, आपतकालीन यात्रा र पर्यटन—सबैमा असर पर्ने समस्या हो। तर टिकट पाउने वा नपाउने निर्णय, जहाजको उडानको नियति, अझै पनि “पावर” को हातमा छ।

सोलुखुम्बुको कथा यही होजहाँ उडानको अवसर, पहुँचको शक्ति र साधारण नागरिकको हकबीचको दूरी प्रत्यक्ष देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending