सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्की शनिबार बिहान काठमाडौँ जान बाध्य भए। घरको समस्या थियो, अत्यावश्यक काम । उनले जस्तै धेरैजना सामान्य नागरिक, फोन समाते । तर सधैंजस्तै उत्तर एउटै थियो—“टिकट छैन।”
कार्कीको हातमा मात्र छैन, यो समस्या सोलुखुम्बुका सबै तल्लो भेगका स्थानीयहरूका लागि सामान्य कथा हो । टिकट नपाएपछि सडक यात्रा विकल्पमा सीमित रहे, उनी घण्टौं बस यात्रा गर्ने बाध्यता भोग्न तयार भए।
यो कार्कीकाे मात्र व्यक्तिगत पीडा मात्र होइन आम सर्वसाधरणले उनले जस्तै व्यहाेर्नु पर्छ ।सामान्य यात्रुको हैसियतमा यहाँ टिकट पाउनु लगभग असम्भव छ । विमान सेवा पहुँचविहीन र पहुँचवाला व्यक्तिको कब्जामा कसरी भएको छ ? अहिले सबैकाे प्रश्न एउटै छ ।
फाप्लु–काठमाडौँ उडान सप्ताहमा चार दिन मात्रै छ—सोमबार, बुधबार, शुक्रबार र शनिबार। निजी एयरलाइन्सले तालिका नै हटाइसकेका कारण, स्थानीयहरू नेपाल एयरलाइन्सको एकाधिकारमा निर्भर छन्। तर समस्या त्यतिमै रोकिएन।
स्थानीय व्यवसायी महेश अधिकारीको शब्दमा, “सामान्य नागरिकले फोन गर्दा ‘टिकट छैन’ भन्छन्, तर पावर वा पहुँचवाला मान्छेले फोन गरेपछि तुरुन्तै टिकट निकालिदिन्छन्।” यही ‘पावर’ नै टिकटको साँच्चिकै कुंजी बनेको छ।
सन्देश राईको अनुभव अझ कठोर थियो । काठमाडौँबाट सोलु आउँदा टिकट सजिलै मिल्छ, तर सोलुबाट काठमाडौँ फर्कनु भने फलामको चिउरा चपाउन सरह कठिन छ। “यदि फाप्लुबाट उड्नुपर्छ भने टिकटभन्दा पहिला तपाईंको ‘पावर’ र पहुँचवाला आफन्त खोज्नुपर्छ।”
फाप्लु विमानस्थलमा उभिएर कार्की, रश्विन, महेश र सन्देश सबैले एउटै कुरा महसुस गरे ।अहिले साेलुमा सामान्य यात्रुका लागि हवाई यात्रा सपना जस्तै भएकाे छ ।
स्थानीयका लागि, यो केवल टिकटको समस्या होइन । स्वास्थ्य, आपतकालीन यात्रा र पर्यटन—सबैमा असर पर्ने समस्या हो। तर टिकट पाउने वा नपाउने निर्णय, जहाजको उडानको नियति, अझै पनि “पावर” को हातमा छ।
सोलुखुम्बुको कथा यही होजहाँ उडानको अवसर, पहुँचको शक्ति र साधारण नागरिकको हकबीचको दूरी प्रत्यक्ष देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: