प्रदेशका कुल १३६ स्थानीय तहमध्ये ११२ ले मात्र बजेट पेश गरेका छन्। सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारासहित पर्सा लगायतका जिल्लाका विभिन्न नगरपालिकाहरू र गाउँपालिकाले अझै बजेट प्रस्तुत नगरेको पाइएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, राजविराज, अग्नीसाइर, बलान बिहुन, कल्याणपुर, धनगढीमाई, सुखीपुर, क्षिरेश्वर, नगराइन, औरही, कमला, जनकनन्दिनी, धनौजी, सोनमा, मलङ्गवा, हरिवन, चन्द्रनगर, रामनगर, कटहरिया, देवाही गोनाही, फतुवा विजयपुर, यमुनामाइ, महागढीमाई, विश्रामपुर र पकाहा मैनपुर स्थानीय तहले बजेट पेश नगरेका छन्।
स्थानीय प्रशासनका स्रोतहरू भन्छन्, “बजेट नआएसम्म कुनै पनि दीर्घकालीन योजना लागू गर्न सकिंदैन, कर्मचारीलाई आवश्यक स्रोत उपलब्ध गराउन सकिँदैन र विकास कार्यक्रम अलपत्र पर्ने जोखिम रहन्छ।”
संवैधानिक व्यवस्थाअनुसार, संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गते बजेट पेश गर्नुपर्छ। तर चालु आवको चौमासिक अवधि सकिँदै गर्दा पनि मधेशका केही स्थानीय तह अझै बजेटविहीन रहनुले प्रशासनिक कमजोरी र योजनाबिना शासनको तस्वीर उजागर गरेको छ।
यसरी बजेटविहीन स्थानीय तहको अवस्था केवल कानूनी उल्लङ्घन मात्रै होइन, स्थानीय जनताको सेवामा प्रत्यक्ष प्रभाव पार्ने गम्भीर चुनौतीको रूपमा देखा परेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: