Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

जलवायु न्यायका लागि नेपालसहित विश्वव्यापी प्रदर्शन

खबरडबली संवाददाता

काठमाडौं । जलवायु न्यायको मागसहित जलवायु अभियन्ता र अधिकारकर्मीहरूले विश्वव्यापी प्रदर्शन गरेका छन् । ब्राजिलको बेलेममा जारी संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप–३०)लाई दबाब दिने उद्देश्यले नेपालसहित विभिन्न देशमा एकैसाथ प्रदर्शनहरू भएका हुन् ।

एसियन पिपुल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभलपमेन्टको संयोजनमा भएको प्रदर्शनमा सामाजिक, वातावरणीय, आदिवासी तथा मानवअधिकारका मुद्दा सम्मेलनमा प्रभावकारी रूपमा उठाउन माग गरियो । संयोजक लिडी नेकपिलका अनुसार, “जलवायु वित्त, खाद्य सुरक्षा, सार्वजनिक स्वास्थ्य र कार्बन उत्सर्जन घटाउन दबाब सिर्जना गर्न विश्वभरका अभियन्ता एकैसाथ उभिएका हुन् ।”

नेपालमा श्रमिक, ग्रामीण समुदाय र जलवायु न्यायकर्मीहरूले हिमनदी पग्लनु, अनियमित मनसुन, बाढी, कृषि क्षति लगायतका प्रभावबापत जलवायु वित्त सुनिश्चित गर्न माग गरे ।

नेपाली प्रदर्शनमा सहभागी नेपाल ट्रेड युनियन महासङ्घले जलवायु परिवर्तनबाट प्रभावित श्रमिक, महिला र सीमान्तकृत समुदायलाई नवीकरणीय ऊर्जा, सुरक्षित रोजगारी, सीप तालिम र सामाजिक सुरक्षा उपलब्ध गराउन माग गर्यो । ग्रामीण पुनर्निर्माण नेपालकी बौद्धिक व्यवस्थापक निक्की श्रेष्ठले खेतीपातीमा किराको प्रकोप, सिंचाइ र खानेपानीका स्रोत सुक्दै जानुजस्ता समस्याले स्थानीय जीवनशैलीमा गम्भीर असर परेको बताइन् ।

विश्वभरका प्रमुख शहरहरूमा आयोजित प्रदर्शनमा कार्बन उत्सर्जन कटौती, जलवायु वित्तमा पारदर्शिता, वातावरणीय क्षतिप्रति दण्डहीनताको अन्त्य र नीतिगत असमानता रोक्ने माग उठाइएका थिए । १६ देशका एक सयभन्दा बढी शहरमा जुलुस, र्‍याली र कार्यक्रम आयोजित गरिएको आयोजकहरूले जनाएका छन् ।

कोप–३० मा सहभागी राष्ट्रहरूले दिगो प्रतिबद्धता जनाउनुपर्ने, कार्बन उत्सर्जन नगर्ने राष्ट्रलाई जलवायु वित्त उपलब्ध गराउनुपर्ने र जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्ने मागसमेत गरेको छ । एसियाका फिलिपिन्स, भारत, बंगलादेश, पाकिस्तान र नेपालका ४० भन्दा बढी शहरमा करिब १० हजारभन्दा बढी अभियन्ताहरू प्रदर्शनमा सहभागी भएको बताइन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी

गुल्मी । पछिल्लो समय गुल्मीमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्ट...

भाेजपुरमा विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम

भोजपुर । जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शि...

ट्रयाक खुलेको १८ वर्षपछि बेनीको वैकल्पिक सडक स्तरोन्नति हुँदै

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको वैकल्पिक मार्गका रूपमा रहेको महारानीथान–छाप–डाँडाखेत–ठूलोखोला सडकको स्तरोन्नति कार्य सुरु भएक...

इजरायलको स्वच्छ ऊर्जा प्रवर्द्धनमा नयाँ कदम

काठमाडाैँ । इजरायलले दक्षिणी क्षेत्रमा रहेको आशालिम ऊर्जा स्टेशनमा ब्याट्रीसहितको नयाँ सौर्य ऊर्जा केन्द्र निर्माण गर्ने भएको छ । यो केन्द्र राष्ट्रिय...

प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्ष उम्मेदवारको खर्च सीमा क्षेत्रअनुसार फरक, कुनकाे कति ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगको ...

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending