काठमाडौं । जलवायु न्यायको मागसहित जलवायु अभियन्ता र अधिकारकर्मीहरूले विश्वव्यापी प्रदर्शन गरेका छन् । ब्राजिलको बेलेममा जारी संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप–३०)लाई दबाब दिने उद्देश्यले नेपालसहित विभिन्न देशमा एकैसाथ प्रदर्शनहरू भएका हुन् ।
एसियन पिपुल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभलपमेन्टको संयोजनमा भएको प्रदर्शनमा सामाजिक, वातावरणीय, आदिवासी तथा मानवअधिकारका मुद्दा सम्मेलनमा प्रभावकारी रूपमा उठाउन माग गरियो । संयोजक लिडी नेकपिलका अनुसार, “जलवायु वित्त, खाद्य सुरक्षा, सार्वजनिक स्वास्थ्य र कार्बन उत्सर्जन घटाउन दबाब सिर्जना गर्न विश्वभरका अभियन्ता एकैसाथ उभिएका हुन् ।”
नेपालमा श्रमिक, ग्रामीण समुदाय र जलवायु न्यायकर्मीहरूले हिमनदी पग्लनु, अनियमित मनसुन, बाढी, कृषि क्षति लगायतका प्रभावबापत जलवायु वित्त सुनिश्चित गर्न माग गरे ।
नेपाली प्रदर्शनमा सहभागी नेपाल ट्रेड युनियन महासङ्घले जलवायु परिवर्तनबाट प्रभावित श्रमिक, महिला र सीमान्तकृत समुदायलाई नवीकरणीय ऊर्जा, सुरक्षित रोजगारी, सीप तालिम र सामाजिक सुरक्षा उपलब्ध गराउन माग गर्यो । ग्रामीण पुनर्निर्माण नेपालकी बौद्धिक व्यवस्थापक निक्की श्रेष्ठले खेतीपातीमा किराको प्रकोप, सिंचाइ र खानेपानीका स्रोत सुक्दै जानुजस्ता समस्याले स्थानीय जीवनशैलीमा गम्भीर असर परेको बताइन् ।
विश्वभरका प्रमुख शहरहरूमा आयोजित प्रदर्शनमा कार्बन उत्सर्जन कटौती, जलवायु वित्तमा पारदर्शिता, वातावरणीय क्षतिप्रति दण्डहीनताको अन्त्य र नीतिगत असमानता रोक्ने माग उठाइएका थिए । १६ देशका एक सयभन्दा बढी शहरमा जुलुस, र्याली र कार्यक्रम आयोजित गरिएको आयोजकहरूले जनाएका छन् ।
कोप–३० मा सहभागी राष्ट्रहरूले दिगो प्रतिबद्धता जनाउनुपर्ने, कार्बन उत्सर्जन नगर्ने राष्ट्रलाई जलवायु वित्त उपलब्ध गराउनुपर्ने र जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्ने मागसमेत गरेको छ । एसियाका फिलिपिन्स, भारत, बंगलादेश, पाकिस्तान र नेपालका ४० भन्दा बढी शहरमा करिब १० हजारभन्दा बढी अभियन्ताहरू प्रदर्शनमा सहभागी भएको बताइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: