बोगोटा । राष्ट्रपति गुस्ताभो पेट्रोको प्रशासनले ग्वाभियरे प्रान्तमा विद्रोही समूहसँग खोसिएको क्षेत्र पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको अवस्थामा यस हप्ताको सुरुमा भएको विवादास्पद हवाई आक्रमणमा सात नाबालिगको मृत्यु भएको कोलम्बियाका मानव अधिकार लोकपाल आइरिस मारिनले शनिबार बताएका छन् ।
एक सार्वजनिक बयानमार्फत मारिनले फार्क–इएमसी विद्रोही समूहका लडाकूहरूले नाबालिगहरूलाई जबरजस्ती भर्ती गरी ‘मानव ढाल’ का रूपमा प्रयोग गरिरहेको दाबी गरे । उनले कोलम्बिया सरकार तथा सबै विद्रोही समूहहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्न आग्रह गर्दै हवाई आक्रमणमा मारिएका नाबालिगहरूको प्रारम्भिक सङ्ख्या छ रहेको भए पनि फरेन्सिक मेडिसिन इन्स्टिच्युटको अद्यावधिक विवरणपछि मृतक सङ्ख्या सात पुगेको बताए ।
“भर्ती गरिएका कुनै पनि बालबालिकालाई सैन्य कार्यवाहीबाट प्रभावित हुन दिनु हुँदैन”, मारिनले जोड दिंदै भने, “सशस्त्र बलहरूले युद्धमा सहभागी हुन बाध्य गरिएका नाबालिगहरूको सुरक्षाका लागि विशेष सावधानी अपनाउनै पर्छ ।”
यसअघि, कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले अपराधी समूहहरूलाई नाबालिगहरूको जीवनलाई जोखिममा पारेको आरोप लगाउँदै ‘जो कोही शत्रुतामा संलग्न हुन्छ, उसले कुनै भेदभावबिना सुरक्षा गुमाउँछ” भन्ने टिप्पणी गरेका थिए।
कोलम्बियामा हवाई आक्रमणमा बालबालिकाको मृत्यु एक संवेदनशील मुद्दा मानिन्छ । विशेषगरी सन् २०१९ मा कक्वेटा प्रान्तमा आठ बालबालिकाको मृत्यु लुकाइएको फेला परेपछि तत्कालीन रक्षामन्त्रीले राजीनामा दिनु परेको प्रसङ्ग अझै ताजा छ ।
कोलम्बियाली सेनाको अनुसार ग्वाभियरेमा मङ्गलबार गरिएको हवाई आक्रमणमा छ नाबालिगसहित कम्तीमा १९ जना लडाकू मारिएका छन् ।
राष्ट्रपति पेट्रोले शनिबार एक सार्वजनिक सन्देशमा हवाई आक्रमणको आदेश दिनुको कारण स्पष्ट पार्दै विद्रोही टोली कोलम्बियाली सेनाको सानो समूहमाथि हमला गर्न नजिकिँदै थियो भन्ने जानकारी आफूलाई प्राप्त भएकाले निर्णय लिन बाध्य भएको बताए । उनले लेखे, “कुनै पनि व्यक्तिको मृत्यु दुःखद छ, विशेषगरी नाबालिगको । तर मैले सैनिकहरूको जीवन बचाउन जोखिम लिएँ ।”
राष्ट्रपति पेट्रोले पदभार ग्रहणपछि नाबालिगहरू मारिने जोखिम कम गर्न हवाई आक्रमणहरू स्थगन गरेका थिए । उनले विगतका सरकारहरूलाई नाबालिगको मृत्यु हुने किसिमका हवाई आक्रमणलाई ‘युद्ध अपराध’ का रूपमा वर्णन गर्दै आलोचना गर्दै आएका छन् । तथापि, फार्कले सन् २०१६ को शान्ति सम्झौतापछि छोडिएका क्षेत्रमा अन्य सशस्त्र समूहहरूको सक्रिय विस्तार रोक्नुपर्ने आवश्यकता देखिएपछि विगत वर्षदेखि पुनः हवाई आक्रमण सुरु गरिएको थियो ।
पेट्रो क्यारेबियन क्षेत्रमा लागुऔषध तस्करविरुद्ध अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चलाएको आक्रमणका कडा आलोचक मानिनुहुन्छ, जसलाई उनले ‘गैरन्यायिक मृत्युदण्ड’ को नाम दिएका छन् ।
तर विद्रोही समूहहरू विरुद्ध आफ्नो सरकारले गरिरहेको हवाई कार्यवाही भिन्न रहेको स्पष्ट पार्दै उनले शुक्रबार लेखे, “कोलम्बियाली सेनाको बमबारीमा परेकाहरू हतियारबन्द छन्, विस्फोटक बोकेका छन् र आफूलाई सशस्त्र सदस्यका रूपमा घोषणा गरिसकेका हुन्छन् । उनीहरूले आफ्नै हतियारबाट सेना तथा सर्वसाधारणलाई क्षति पुर्याउने प्रयत्न गरिरहेका छन् ।” रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: