Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

खानेपानी कार्यालयका डिभिजन प्रमुखसहित चार जनामाथि भ्रष्टाचार मुद्दा

खबरडबली संवाददाता

काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नम्वर ४ कलैयाका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा बारा जिल्लाका २३ वटा निर्माण कार्यका लागि बोलपत्र आह्वान सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था उल्लंघन गरिएको थियो । 

सूचना प्रभाव दैनिकमा मात्र एक प्रति छापेर लुकाइएको र ठेकेदारलाई फाइदा हुने गरी झुट्टा बिल तथा कागजात तयार पारिएको अनुसन्धानमा देखिएको छ ।

यसरी सूचना लुकाएर गरिएको मिलेमतोमा प्रमुख यादवसँगै लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्कका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेल संलग्न रहेको आयोगले जनाएको छ ।

अनियमितताबाट तीन लाख १६ हजार ५७० रुपैयाँ बिगो कायम गरी उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत कैद र जरिवानाको मागसहित आरोपपत्र दायर गरिएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी

गुल्मी । पछिल्लो समय गुल्मीमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्ट...

भाेजपुरमा विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम

भोजपुर । जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शि...

ट्रयाक खुलेको १८ वर्षपछि बेनीको वैकल्पिक सडक स्तरोन्नति हुँदै

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको वैकल्पिक मार्गका रूपमा रहेको महारानीथान–छाप–डाँडाखेत–ठूलोखोला सडकको स्तरोन्नति कार्य सुरु भएक...

इजरायलको स्वच्छ ऊर्जा प्रवर्द्धनमा नयाँ कदम

काठमाडाैँ । इजरायलले दक्षिणी क्षेत्रमा रहेको आशालिम ऊर्जा स्टेशनमा ब्याट्रीसहितको नयाँ सौर्य ऊर्जा केन्द्र निर्माण गर्ने भएको छ । यो केन्द्र राष्ट्रिय...

प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्ष उम्मेदवारको खर्च सीमा क्षेत्रअनुसार फरक, कुनकाे कति ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगको ...

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending