Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

काष्ठकलामा सिपालु भीमबहादुर

खबरडबली संवाददाता

बागलुङ । यहाँस्थित बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा विगत तीन वर्षदेखि कालिका मन्दिर क्षेत्र कलात्मक बनाउनमा व्यस्त छन् । मन्दिर पुनः निर्माण गर्ने, स–साना मठलाई ताम्रापत्रले छाउने र पुनः निर्माणमा उनलाई भ्याइनभ्याइ छ । 

कालिका मन्दिर वरपर रहेको सत्तल, सचिवालयसहितका स–साना संरचना, मन्दिर तथा मठका झ्याल, तोरण, टुँडाल र ढोकामा बुट्टा भर्दै भीमबहादुरको तीन वर्ष बितेको हो । 

“कालिका मन्दिरमा तीन वर्ष पहिला हवन कुण्डलाई कलात्मक बनाउन आएको थिएँ, त्यस यता क्रमशः गणेश मन्दिर, सत्तल, सचिवालयका झ्याल तथा ढोकालाई कलात्मक बनाएँ, मन्दिर परिसरमा अकलादेवीको मन्दिर पुनः निर्माण सकेर अहिले चण्डीदेवीको मन्दिरमा प्रयोग आउने काठका सामग्री बनाउँदै छु”, विश्वकर्माले भने, “तीन वर्षमा कालिका मन्दिर क्षेत्रका छ वटा मठमन्दिर तथा अन्य भौतिक संरचनामा काठबाट कुँदेका सामग्री राखेर निर्माण गरिएको छ ।” 

काष्ठकलामा पोख्त उनी नेपाली सभ्यता र संस्कृति झल्काउने सीपले चर्चित छन् । पछिल्लो समय काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको बेला उनी जस्ता सीपका धनी पाउनै गाह्रो छ ।

खर्च र समय बढी लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोकाको प्रयोग गर्न छाडेको उनी बताउँछन् । ६३ वर्षीय विश्वकर्माको जीवन नै काष्ठकलामै बित्यो । आफ्नो सात पुस्तादेखि मुख्य पेसा काष्ठकला रहेको उनको भनाइ छ । बुवा मोतिलालले विभिन्न मन्दिरको टुँडाल तथा भगवानका आकृति बनाएको देखेरै १५ वर्षको उमेरदेखि उनी काष्ठकलातर्फ आकिर्षत भएको बताउँछन् । 

तामाले छाना छाउने सिप समेत उनमा छ । उनले काठलाई विभिन्न घरेलु औजारले महिनौँ कुँदेर विभिन्न आकृतिमा निर्माण गर्दै आएका आएका छन् । “सात पुस्ता काष्ठकलामै समर्पित भयो, बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ, अहिले बुवाले बनाएकै आँखीझ्याल तथा टुँडाल कालिका मन्दिरमा छन्, बुवा बित्नु भएकै २३ वर्ष बित्यो”, उनले भने। 

विश्वकर्माका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँमा दरबार, मठ–मन्दिरलगायतमा काष्ठकलाको काम गरेका छन् । पछिल्लो समय काष्ठकलामा कृत्रिम र विद्युतीय उपकरण प्रयोग गरिन्छ । तर, घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्त्व रहेको उनी बताउँछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending