Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

भारत–अमेरिका एलपिजी सम्झौताः ट्रम्पको दबाबबीच ऊर्जा स्रोत विविधीकरणमा भारतको जोड

खबरडबली संवाददाता

भारत । भारतले संयुक्त राज्य अमेरिकासँग करिब १० प्रतिशत एलपिजी आपूर्ति सुनिश्चित गर्ने एक ‘महत्त्वपूर्ण’ वार्षिक सम्झौतामा हस्ताक्षर गरेको छ । यसलाई भारतले ऊर्जा स्रोतहरूको दिगो विविधीकरणतर्फको महत्त्वपूर्ण कदमका रूपमा वर्णन गरेका गरेको छ ।

यसअघि अगस्ट महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि कर ५० प्रतिशतसम्म बढाएपछि दुवै देशबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । अमेरिकी अधिकारीहरूले भारतले युक्रेनमा रूसी युद्धलाई परोक्ष रूपमा सहयोग पुर्‍याइरहेको आरोप लगाएपछि परिस्थिति झनै संवेदनशील बनेको थियो ।

राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्भावित व्यापार सम्झौताको पूर्वसर्तका रूपमा रूसी कच्चा तेल आयातमा कटौती गर्न सहमति जनाउनुभएको दाबी गरे पनि भारतले उहाँको दाबीलाई औपचारिक रूपमा पुष्टि गरेको छैन । कृषि व्यापारदेखि रूसी तेल खरिदसम्मका विषयमा मतभेद भइरहे पनि नयाँदिल्ली र वासिङ्टनबीच वार्ता अविराम जारी छ ।

यसैबीच, भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले अमेरिकी खाडी तटबाट वार्षिक २२ लाख टन एलपिजी आपूर्ति गर्ने एक वर्षे संरचित सम्झौता सम्पन्न भएको जानकारी दिनुभयएको छ । उहाँका अनुसार यस्तो प्रकारको सम्झौता भारत–अमेरिका बीच एलपिजी क्षेत्रमै पहिलो हो ।

मन्त्री पुरीले विज्ञप्तिमार्फत भन्नुभयो, “नागरिकहरूलाई सुरक्षित र किफायती एलपिजी उपलब्ध गराउन भारत निरन्तर रूपमा स्रोत विविधीकरण गरिरहेको छ । विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा बढिरहेको एलपिजी बजार—अमेरिका—अब भारतीय बजारका लागि औपचारिक रूपमा खुल्न गएको छ ।”

अक्टोबरमा अमेरिकी प्रतिबन्धपछि एचपिसिएल–मित्तल एनर्जीले रूसका प्रमुख दुई कम्पनीबाट कच्चा तेल खरिद स्थगित गरेको थियो । त्यस्तै, एउटा प्रमुख निजी भारतीय क्रेता रिलायन्स इन्डस्ट्रिजले पनि अमेरिकी तथा युरोपेली सङ्घ (इयु) का प्रतिबन्धहरूको सम्भावित प्रभावबारे मूल्याङ्कन भइरहेको जनाएको छ ।

विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतले जुन ३० मा समाप्त भएको त्रैमासिक अवधिमा पाँच क्वार्टरकै सबैभन्दा तीव्र आर्थिक वृद्धि दर्ता गरेको छ, जसमा उच्च सरकारी खर्च र उपभोक्ता विश्वसनीयता सुधार मुख्य आधार भएको विश्लेषण गरिएको छ ।

तर, अमेरिकी भन्सार शुल्क वृद्धि भारतको समग्र अर्थतन्त्रमा दबाबका रूपमा जारी छ । यदि शीघ्र कुनै छुट वा सहमति नजुटेमा चालू आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दरबाट ६०–८० आधार अङ्कसम्म कमजोर पर्न सक्ने सम्भावना रहेको अर्थशास्त्रीहरूको अनुमान छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending