काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग अनौपचारिक भेटघाट गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट्न पुगेका थिए ।
प्रमुख सचेतक घिमिरेका अनुसार चिया–कफीसँगै भएको अनौपचारिक भेटमा संसद् पुनर्स्थापना र निर्वाचनसम्बन्धी विषयमा समेत छलफल भएको थियो । उनले आफू प्रतिनिधिसभा पुनर्स्थापना पक्षमा स्पष्ट रहेको बताउँदै संविधान संशोधन गरेर मात्रै चुनावमा जानुपर्ने धारणा व्यक्त गरे ।
गत २७ भदौमा प्रतिनिधिसभा विघटन भइसकेपछि आगामी २१ फागुनमा निर्वाचन गर्ने तयारी भइरहेको छ । निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ र ६ माघमा उम्मेदवारी दर्ता हुने छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता आजदेखि १० मंसिरसम्म खुला छ ।
यद्यपि कांग्रेस र एमालेभित्र पुनर्स्थापना बनाम चुनावको बहस जारी छ । दुबै दलले विघटित प्रतिनिधिसभा सदस्यहरूमार्फत हस्ताक्षर संकलन गरेका छन् । कांग्रेसका ४६ र एमालेका ३२ सदस्यले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन् । यसै विषयमा छलफल गर्न एमालेले मंगलबार संसदीय दलको बैठक बोलाएको छ, जसमा वर्तमान राजनीतिक जटिलताको समाधानबारे चर्चा हुने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: