काठमाडौं । नागरिक समाजका अगुवाहरूले फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा गराउन प्रभावकारी शान्ति–सुरक्षा सुनिश्चित गर्न र राजनीतिक दलहरूको भरोसा बढाउन प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिएका छन् ।
सोमबार सिंहदरबारमा आयोजित छलफलमा अगुवाहरूले सरकार पहिलो चरणमा दलहरूलाई सुरक्षाबारे ‘कन्भिन्स’ गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता भएको बताए । नागरिक अगुवा सुबोधराज प्याकुरेलले भने, “प्रधानमन्त्रीले नेताहरूको घरघरै गएर भए पनि विश्वास जित्नुपर्छ, इतिहासले तपाईँलाई चुनाव गराउने दायित्व दिएको छ ।”
उनका अनुसार सुरक्षाप्रति विश्वस्त नभएका दलहरूलाई घरदैलो अभियानमार्फत मनाउन सुझाव दिएको हो । अगुवाहरूले सुशासनमा कुनै सुधार नदेखिएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए । “सार्वजनिक सेवा पुरानै ढर्रामा छ,” उनीहरूको भनाइ थियो ।
छलफलमा भूमि आयोग खारेजी र ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयमाथि पनि प्रश्न उठ्यो । भूमि आयोग अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने क्रममा रहेको अवस्थामा खारेज हुनु उचित नभएको उनीहरूको तर्क थियो ।
सुझाव सुनेपछि प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन् । उनले सुरक्षाको विस्तृत योजना बनेको, हतियार प्रवेश रोक्न निगरानी कडा गरिएको र जेलबाट भागेकाहरूको विषयमा पनि ध्यान दिएकाे बताइन् । विदेशमा रहेका नेपालीका लागि तत्काल मतदान सम्भव नभए पनि प्रक्रिया सुरु गर्ने उनले जानकारी गराइन् ।
सरकारका प्रवक्ता जगदीश खरेलले नागरिक समाजको सुझाव उपयोगी रहेको बताए । साथै, नागरिक अगुवाहरू खगेन्द्र संग्रौला र गेजा शर्माले शान्ति सुरक्षालाई पहिलो प्राथमिकता दिन र जेलबाट फरार कैदी फर्काउने विषयमा पहल बढाउन सुझाव दिएको बताए ।
प्रधानमन्त्रीले लोकतान्त्रिक भविष्य निर्वाचनको सफलतामा भर पर्ने बताउँदै नागरिक समाजलाई ‘तेस्रो शक्ति’को रूपमा विश्वास निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरिन् ।
प्रधानमन्त्रीसँगको छलफलमा नागरिक समाजका अगुवाहरू इन्द्र अधिकारी, सुबोधराज प्याकुरेल,जेबी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण,गेजा शर्मा, दोभान राई, नयन तारा गुरुङ, निर्गा नविन, खगेन्द्र संग्रौला, तुलानारायण साह,रेवती कार्की, शिशिर उप्रेती, डा. दिपेश घिमिरे र राजुप्रसाद चापागाईँ सहभागी रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: