Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा गराउन शान्ति–सुरक्षा सुनिश्चित गर्न प्रधानमन्त्रीलाई नागरिक अगुवाकाे सुझाव

खबरडबली संवाददाता

काठमाडौं । नागरिक समाजका अगुवाहरूले फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा गराउन प्रभावकारी शान्ति–सुरक्षा सुनिश्चित गर्न र राजनीतिक दलहरूको भरोसा बढाउन प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिएका छन् ।

सोमबार सिंहदरबारमा आयोजित छलफलमा अगुवाहरूले सरकार पहिलो चरणमा दलहरूलाई सुरक्षाबारे ‘कन्भिन्स’ गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता भएको बताए । नागरिक अगुवा सुबोधराज प्याकुरेलले भने, “प्रधानमन्त्रीले नेताहरूको घरघरै गएर भए पनि विश्वास जित्नुपर्छ, इतिहासले तपाईँलाई चुनाव गराउने दायित्व दिएको छ ।”

उनका अनुसार सुरक्षाप्रति विश्वस्त नभएका दलहरूलाई घरदैलो अभियानमार्फत मनाउन सुझाव दिएको हो । अगुवाहरूले सुशासनमा कुनै सुधार नदेखिएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए । “सार्वजनिक सेवा पुरानै ढर्रामा छ,” उनीहरूको भनाइ थियो ।

छलफलमा भूमि आयोग खारेजी र ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयमाथि पनि प्रश्न उठ्यो । भूमि आयोग अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने क्रममा रहेको अवस्थामा खारेज हुनु उचित नभएको उनीहरूको तर्क थियो ।

सुझाव सुनेपछि प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन् । उनले सुरक्षाको विस्तृत योजना बनेको, हतियार प्रवेश रोक्न निगरानी कडा गरिएको र जेलबाट भागेकाहरूको विषयमा पनि ध्यान दिएकाे बताइन् । विदेशमा रहेका नेपालीका लागि तत्काल मतदान सम्भव नभए पनि प्रक्रिया सुरु गर्ने उनले जानकारी गराइन् ।

सरकारका प्रवक्ता जगदीश खरेलले नागरिक समाजको सुझाव उपयोगी रहेको बताए । साथै, नागरिक अगुवाहरू खगेन्द्र संग्रौला र गेजा शर्माले शान्ति सुरक्षालाई पहिलो प्राथमिकता दिन र जेलबाट फरार कैदी फर्काउने विषयमा पहल बढाउन सुझाव दिएको बताए ।

प्रधानमन्त्रीले लोकतान्त्रिक भविष्य निर्वाचनको सफलतामा भर पर्ने बताउँदै नागरिक समाजलाई ‘तेस्रो शक्ति’को रूपमा विश्वास निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरिन् ।

प्रधानमन्त्रीसँगको छलफलमा नागरिक समाजका अगुवाहरू इन्द्र अधिकारी, सुबोधराज प्याकुरेल,जेबी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण,गेजा शर्मा, दोभान राई, नयन तारा गुरुङ, निर्गा नविन, खगेन्द्र संग्रौला, तुलानारायण साह,रेवती कार्की, शिशिर उप्रेती, डा. दिपेश घिमिरे र राजुप्रसाद चापागाईँ सहभागी रहेका थिए ।

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending