पोखरा । जेनजी आन्दोलनका बावजुत आन्तरिक राजस्व कार्यालय पोखराले अपेक्षाकृत राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका अनुसार पहिलो चार महिनामा डेढ अर्ब राजस्व सङ्कलन भएको हो । कात्तिक मसान्तसम्म १ अर्ब ५० करोड २० लाख रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ ।
जसमध्ये आयकर तर्फ ८१ करोड ४६ लाख छ भने मूल्य अभिवृद्धि कर तर्फ ५२ करोड २४ लाख छ । अन्तः शुल्कबाट १२ करोड ७१ लाख र विलासिता शुल्कबाट ३ करोड ७८ लाख राजस्व सङ्कलन भएको कार्यालय प्रमुख शिवप्रसाद ढुङ्गानाले जानकारी दिए ।
गत वर्षको यही अवधि भन्दा अहिले डेढ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको उनले बताए । अघिल्लो वर्ष ४ महिनामा १ अर्ब ४८ करोड ६६ लाख सङ्कलन भएको थियो ।
‘यो वर्षदेखि विलासिता शुल्क अनिवार्य भएको छ । सुनमा २ प्रतिशत विलासिता कर लिने निर्णय भएपछि यो रकम उठेको हो,’ ढुङ्गाना भन्छन्, ‘व्यवसायीहरूले १ महिना यसैविरुद्ध आन्दोलन गर्नुभयो । नत्र अझै धेरै उठ्ने थियो ।’ सरकारले तारे होटल र सुनमा विलासिता शुल्क लिने निर्णय गरेको थियो ।
आन्तरिक राजस्व कार्यालय पोखरामा कात्तिक मसान्तसम्म ६९ हजार ८ सय ६ करदाताले स्थायी लेखा नम्बर लिएका छन् ।
जसमध्ये मूल्य अभिवृद्धि करमा १२ हजार ८ सय ६९ र अन्तः शुल्कमा ४ हजार ५ सय ४२ करदाता आबद्ध छन् । पोखरा कार्यालय अन्तर्गत २ लाख १८ हजार १ सय २९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका कार्यालयले जनाएको छ ।
राजस्व सङ्कलनमा वृद्धि गर्न कार्यालयले सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने काम गरिरहेको ढुङ्गाना बताउँछन् । ‘हाम्रो सेवा प्रवाह अधिकतम प्रविधिमैत्री बनाउने गरी काम गरिरहेका छौँ । अझै चुस्त सेवा दिन सहज विधिहरू अपनाएका छौँ,’ उनी भन्छन्, ‘करदाता पनि यसमा अपडेट हुनुपर्छ ।’
राजस्व कार्यालयले सोमबार राष्ट्रिय कर दिवस मनाएको छ । आधुनिक र वैज्ञानिक कर प्रणालीको प्रस्थान विन्दुका रूपमा मूल्य अभिवृद्धि कर लागू भएको दिनलाई स्मरण गरेर मङ्सिर १ गते कर दिवस मनाउने गरिएको छ । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले देश विकासको प्रमुख हिस्सेदार निजी क्षेत्र भएकोले निजी क्षेत्रलाई प्रोत्साहन गर्न आह्वान गरेकी छिन् ।
उनले करमैत्री वातावरण सिर्जना गर्नका लागि कार्यालयले अधिकतम प्रयास गर्नुपर्ने सुझाव दिइन् ।आन्दोलनपछि निजी क्षेत्रमा उत्साह घटेको भन्दै शर्माले व्यावसायिक वातावरण तयार गर्न र मनोबल उच्च बनाउने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घ, लेखनाथ उद्योग वाणिज्य सङ्घ, पोखरा चेम्बर अफ कमर्स लगायत सङ्घ संस्थाका प्रमुख र प्रतिनिधिहरूले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याउन सुझाएका थिए । कार्यक्रममा धेरै कर दाखिला गर्ने करदातालाई सम्मान गरिएको थियो ।
आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आरकेडी होल्डिङ्स र करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने खिलुङ कालिका कन्ट्रक्सनलाई सम्मान गरिएको हो ।
आरकेडीले हालसम्म २ करोड १६ लाख ४९ हजार र खिलुङ कालिकाले ८५ लाख ८६ हजार रुपैयाँ कर तिरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: