Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

बैङ्कमा ११ खर्ब बढी रकम थुप्रिएको छ, लगानीको वातावरण तयार गरौँ: अध्यक्ष ढकाल

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कमा रु ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएकाले लगानीको वातावरण तयार गर्न आग्रह गरेका छन् । 

राष्ट्रिय कर दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा अध्यक्ष ढकालले बैङ्कमा भएको रकम लगानी गर्न लगानीको वातावरण आवश्यक रहेकामा जोड दिए। 

“एकातिर अहिले बैङ्कमा प्रशस्त रकम भएको अवस्था छ भने कतिपय आयोजनामा लगानी नभएर बेवारिसे छन्”, उनले भने, “जसले गर्दा आयोजनाको लागत बढेको अवस्था छ । यो अवस्थामा अर्थतन्त्र चलायमान बनाउन लगानी बढाउन आवश्यक छ । त्यसका लागि लगानीको वातावरण तयार गर्नु पर्दछ ।” 

यस्तै, उनले नियमनकारी निकायले पनि प्रभावकारी ढङ्गले काम नगर्दा समस्या सिर्जना भएको उल्लेख गर्दै यस विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराए । धितोपत्र बोर्डमा पदाधिकारी नहुँदा लामो समयसम्म काम प्रभावित भए भनेपछि पदाधिकारी आइसकेपछि पनि प्रभावकारी ढङ्गले काम हुन नसकेकाले यसमा सुधार हुनु जरुरी भएकाले यस्तो प्रवृत्तिले लगानीको वातावरणमा नै असर पर्ने अध्यक्ष ढकालको भनाइ छ ।

धितोपत्र बोर्डले लामो समय जलविद्युत् आयोजनालाई आइपिओ निष्कासन गर्न नदिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष ढकालले धितोपत्र बोर्डमा देखिएको समस्यालाई तत्काल हटाउनसमेत अर्थमन्त्रीसँग आग्रह गरे। 

उनले असल नियतका साथ जेनजी आन्दोलन भएको भए पनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे। उनले भने, “सुशासन, भ्रष्टाचारको, पारदर्शिताको कुरा निजी क्षेत्रको छाता सङ्गठन उद्योग वाणिज्य महासङ्घले गत साधारणसभामा पनि पारित गरेको थियो । जेनजीले पनि पवित्र उद्देश्यबाट आन्दोलन पनि तिनै विषयमा केन्द्रित भएर भएको हो । तर आन्दोलनमा गलत तत्त्वको प्रवेशले तोडफोड, आगजनी र लुटपाट भएको छ ।”

घुसपैठ गर्नेलाई सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आमनागरिकको मनोबल खस्किँदै जाने भन्दै उनले सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने जिकिर गरे ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending