काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन पूर्वराष्ट्रपति विद्या भण्डारी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूहले पूर्ण प्यानल उठाउने तयारी गरेको छ।
यस समूहले पोखरेललाई अध्यक्ष पदका लागि अघि सार्ने भए पनि वास्तविक प्रतिस्पर्धा भण्डारी र ओलीबीच हुने एमालेभित्र चर्चा बढेको छ।
भण्डारीले नवीकरण भइसकेको सदस्यता रोकिदिएपछि ओलीप्रति असन्तुष्टि गहिरिएको बताइन्छ। ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा उत्रने तयारी गरे पनि महाधिवेशनमा नै नेतृत्व चयन गर्ने उनको मनसायले विद्या–ईश्वर पक्ष झन् सक्रिय भएको स्रोतहरू बताउँछन्।
नेताहरूका अनुसार, पोखरेलको उम्मेदवारी भण्डारीकै राजनीतिक पहल र असन्तुष्टिको प्रतिफल हो। मदन भण्डारीले अघि सारेको विचारबाट ओली विचलित भएको आरोप लगाउँदै भण्डारी पुनः राजनीतिमा सक्रिय हुन चाहेकै बेला उनको सदस्यता रोकिएको थियो, जसले दुवैबीच दरार बढायो।
यस समूहले महाधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिन ‘सशक्त र बलियो टिम’ उठाउने तयारी गरेको छ। सचिवालयभित्रका धेरै नेता पोखरेलको पक्षमा खुलेका छन्, जसमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलाई जोडिन्छ।
महाधिवेशनमा नीति, विधि तथा जेन–जी आन्दोलनपछि देखिएको राजनीतिक अवस्थाको समीक्षा आवश्यक रहेको नेताहरू बताउँछन्। देशभरबाट चुनिएर आएका २१०० भन्दा बढी प्रतिनिधिद्वारा नेतृत्व चयन हुने भएकाले प्रतिस्पर्धा निकै रोचक हुने उपाध्यक्ष ज्ञवालीको भनाइ छ।
विद्या–ईश्वर समूहले केही दिनमै प्यानल घोषणा गर्ने तयारी गरेको जानकारी दिँदै नेताहरूले प्रतिनिधिलाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्ने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: