काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन पूर्वराष्ट्रपति विद्या भण्डारी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूहले पूर्ण प्यानल उठाउने तयारी गरेको छ।
यस समूहले पोखरेललाई अध्यक्ष पदका लागि अघि सार्ने भए पनि वास्तविक प्रतिस्पर्धा भण्डारी र ओलीबीच हुने एमालेभित्र चर्चा बढेको छ।
भण्डारीले नवीकरण भइसकेको सदस्यता रोकिदिएपछि ओलीप्रति असन्तुष्टि गहिरिएको बताइन्छ। ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा उत्रने तयारी गरे पनि महाधिवेशनमा नै नेतृत्व चयन गर्ने उनको मनसायले विद्या–ईश्वर पक्ष झन् सक्रिय भएको स्रोतहरू बताउँछन्।
नेताहरूका अनुसार, पोखरेलको उम्मेदवारी भण्डारीकै राजनीतिक पहल र असन्तुष्टिको प्रतिफल हो। मदन भण्डारीले अघि सारेको विचारबाट ओली विचलित भएको आरोप लगाउँदै भण्डारी पुनः राजनीतिमा सक्रिय हुन चाहेकै बेला उनको सदस्यता रोकिएको थियो, जसले दुवैबीच दरार बढायो।
यस समूहले महाधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिन ‘सशक्त र बलियो टिम’ उठाउने तयारी गरेको छ। सचिवालयभित्रका धेरै नेता पोखरेलको पक्षमा खुलेका छन्, जसमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलाई जोडिन्छ।
महाधिवेशनमा नीति, विधि तथा जेन–जी आन्दोलनपछि देखिएको राजनीतिक अवस्थाको समीक्षा आवश्यक रहेको नेताहरू बताउँछन्। देशभरबाट चुनिएर आएका २१०० भन्दा बढी प्रतिनिधिद्वारा नेतृत्व चयन हुने भएकाले प्रतिस्पर्धा निकै रोचक हुने उपाध्यक्ष ज्ञवालीको भनाइ छ।
विद्या–ईश्वर समूहले केही दिनमै प्यानल घोषणा गर्ने तयारी गरेको जानकारी दिँदै नेताहरूले प्रतिनिधिलाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्ने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: