Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि

खबरडबली संवाददाता

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि भएको छ ।  खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो । कृषि विकास निर्देशनालय सुदूरपश्चिमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशमा एक लाख ८३ हजार ३१७ क्षेत्रफल हेक्टरमा धानखेती गरिएकामा छ लाख ४८ हजार ९२४ मेट्रिक टन धान उत्पादन भएको थियो । सो आर्थिक वर्षमा यो प्रदेशमा धानको उत्पादकत्व तीन दशमलव ५४ रहेको थियो । 

त्यसैगरी, एक लाख ४४ हजार ५८२ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा तीन लाख ३१ हजार ९२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । सो आवमा गहँुको उत्पादकत्व दुई दशमलव २९ रहेको थियो । ५० हजार ६०७ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदा एक लाख चार हजार २५० मेट्रिक टन उत्पादन भएको थियो भने दुई दशमलव ०६ उत्पादकत्व थियो । सत्र हजार ११२ हेक्टरमा उत्पादन भएको कोदोको उत्पादकत्व एक दशमलव १४ रहेको थियो । 

आव २०८०/८१ मा उत्पादन क्षेत्रफल घटे पनि उत्पादकत्व र उत्पादनमा वृद्धि भएको छ । उक्त आवमा धान उत्पादनको क्षेत्रफल चार हजार २४२ हेक्टर घटे पनि उत्पादन र उत्पादकत्व वृद्धि भएको छ । एक लाख ७९ हजार ४६ हेक्टरमा धानखेती हुँदा अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढेर छ लाख ७२ हजार ९२८ मेट्रिक टन पुगेको छ । उत्पादकत्व तीन दशमलव ७६ छ । एक लाख ३९ हजार ७३२ हेक्टरमा उत्पादन भएको गहँुको उत्पादकत्व वृद्धि भएर दुई दशमलव ३५ पुग्दा तीन लाख २८ हजार ६९ मेट्रिक टन उत्पादन भएको छ ।

त्यसैगरी, ४९ हजार २५८ हेक्टरमा मकै उत्पादन हुँदा उत्पादकत्व दुई दशमलव १७ रहेको थियो । मकैको उत्पादन वृद्धि भएर एक लाख छ हजार ९९७ मेट्रिक टन पुगेको छ । हरेक वर्ष उत्पादनको क्षेत्रफल घट्दा पनि उत्पादनमा वृद्धि हुँदै गएको निर्देशनालयको तथ्याङ्क छ । आव २०८२/८३ मा धान उत्पादनको क्षेत्रफल घटेर एक लाख ७७ हजार २३० पुग्दा उत्पादकत्व बढेर तीन दशमलव ८८ पुगेको छभने छ लाख ८६ हजार ८८७ मेट्रिक टन धान उत्पादन भएको छ । 

निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले सुदूरपश्चिममा बाली उत्पादनमा वृद्धि हुँदै आएको बताए। “सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा धेरै उत्पादन हुन्छ”, उनले भने, “खेती गर्ने तरिकामा सुधार र उन्नत जातको बीउका कारण हरेक वर्ष उत्पादन र उत्पादकत्वमा वृद्धि भएको हो ।” पछिल्लो समयमा सरकारले किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ दिँदै आएको छ । यसबाहेक किसानहरूले प्राङ्गारिक मलको प्रयोग, सिचाँइको उपलब्धता र सरकारी अनुदान र प्राविधिक सहयोगले उत्पादनमा वृद्धि भएको कृषि अधिकृतहरू बताउँछन् ।

“उन्नत जातको बीउले १० देखि १५ प्रतिशतसम्म उत्पादन बढाउँछ”, सूचना अधिकारी पाण्डेयले भने, “खेती गर्ने तरिकाले पनि उत्पादनमा फरक पार्छ ।” निर्देशनालयका अनुसार सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा धानको उत्पादकत्व बढी छ । कञ्चनपुरमा चार दशमलव छ र कैलालीमा चार दशमलव पाँच प्रतिहेक्टर उत्पादकत्व रहेको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदले उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको बताए। ज्ञान केन्द्रले किसानलाई अनुदानमा सिँचाइ सुविधा उपलब्ध नभएको ठाउँमा साना सिँचाइ जडानसमेत गर्ने गरेको उनले बताए। गत वर्ष ज्ञान केन्द्रले यहाँका नौवटा स्थानीय तहमा सात सय ७६ साना सिँचाइ (ट्युबेल) जडान गरेको थियो । “हामीले किसानलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र सिँचाइ सुविधा उपलब्ध गराउँदै आएका छाँै”, उनले भने, “जसका कारण यहाँ धान उत्पादनमा वृद्धि हुँदै गएको छ ।” उनका अनुसार कञ्चनपुरमा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ । 

कञ्चनपुरमा हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई अन्न भण्डारका रूपमा चिनिन्छ । यहाँको उत्पादनले सुदूरका पहाडी जिल्लामा समेत खाद्य आपूर्ति हुने गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुसन्धान र आविष्कारका क्षेत्रमा कञ्जुस्याइँ नगरी सरकारले विकासमा जोड दिनुपर्छ: मन्त्री पुन

ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...

हाहुकै भरमा सरकार बन्दैन, चुनावपछि फेरि एमालेकै सरकार बन्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...

दाङमा गोली चल्यो, सुन पसल सञ्चालक घाइते

बुटवल ।  दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...

फिफा विश्वकप ड्र सार्वजनिक

काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...

एनपीएलमा आजको दोस्रो खेल: चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...

उपत्यकाका नदी सफा गर्न धेरै प्रशोधन प्लान्ट बनाउने योजनामा छौँ : मन्त्री घिसिङ

काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै विराटनगर क्वालिफायरमा प्रवेश

काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending