Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

कोरला नाकाबाट सात अर्ब ३६ करोडको आयात र आठ करोड ३८ लाखको निर्यात

खबरडबली संवाददाता

मुस्ताङ। उपल्लो मुस्ताङको कोरला नाकाबाट हुँदै तीन महिनाको अवधिमा चीनबाट सात अर्ब ३६ करोडभन्दा बढि मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । लोमान्थाङ गाउँपालिकास्थित नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयल हुँदै कात्तिक ३० सम्म सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार रूपियाँको सामान आयात गरिएको हो ।

गत भदौ महिनाको ३० गतेदेखि व्यवसायिक रूपमा नाका सञ्चालनमा आएपछि नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ हुँदै लिजी–नेचुङ (कोरला)बाट सबैभन्दा धेरै आयात हुनेमा एक हजार सात सय २६ वटा विद्युतीय (ईभी) गाडी रहेको छ ।

पैठारीतर्फ ८९७ मालवाहक, कन्टेनर जाँचपाससँगै तीन अर्ब ६२ करोड ६९ लाख ३१ हजार २४ रुपियाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताए । प्रमुख खड्का भन्न्छ, ‘‘भन्सार र नाकामा चहलपहल छ, चिसो बढेपनि चिनियाँ भन्सारबाट सामानहरू आउने क्रम रोकिएको छैन ।’’ चीनबाट आयात मात्रै नभएर निर्यातमा पनि भइरहेको छ ।

नेपालमा उत्पादन हुने हस्तकला, कपडा लगायतका सामान ५४ ट्रकमार्फत करिब आठ करोड ३८ लाख ६३ हजार रुपियाँको बस्तु तथा समान निर्यात गरिएको भन्सार प्रमुख खड्काको भनाइ छ । आयातको तुलनामा निर्यात निकै कम भएकाले तिब्वती बजार क्षेत्रमा आवश्यक पर्ने बस्तु तथा सामान उत्पादन गरी बजारीकरण गर्नुपर्ने भन्सार प्रमुख खड्काले बताए।

भन्सार कार्यालय, कोरला नाकाको तापक्रम माइनस १५ डिग्रीको हाराहारीमा पुग्ने गरेको अवस्थामा नाकाबाट भन्सार कार्यालयसम्मको १४ किलोमिटर सडकमा जमेको हिउँ पन्छाउँदै सामान ढुवानी गर्ने गरिएको छ ।

समुन्द्री सतहदेखि चार हजार छ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाकाबाट आयात गरिएका विद्युतीय सवारीसाधनसहित अन्य सामान कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरासम्म लैैजान दुई सय ५१ किलोमिटरको सडक मार्ग पार गर्नुपर्छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो । वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका गएको भदौ महिनाको ३० गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको थियो । यो नाका नेपालका दुई छिमेकी मुलुक भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो र सहज बनाउन कालीगण्डी करिडोर निर्माण भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सद्‌भाव भाँड्न खोजेको अभियोगमा ४ जना पक्राउ

काठमाडौँ । सामाजिक सद्‌भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...

शान्ति, सामाजिक सद्भाव र न्यायको माग गर्दै राजधानीमा नागरिक सभा

काठमाडौँ। देशमा शान्ति, सामाजिक सद्भाव र न्याय सुनिश्चित गर्नुपर्ने मागसहित शनिबार राजधानीमा नागरिक सभा आयोजना गरिएको छ। बृहत् नागरिक आन्दोलनको अगु...

कालापानीमा प्रशासन–आन्दोलनकारीबीच मौखिक सहमति, बीपी राजमार्ग पुन: सञ्चालन

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीयको आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग प्रशासन र आन्दोलनकारीबीच भएको मौखिक सहमतिपछि ...

जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले सुरु गरे छलफल

काठमाडौं। तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था समाधानका लागि गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत पक्षसँग जनकपुरमा संवाद सुरु गरेका छन्।...

कालापानी प्रकरण फेरि तातियो, मुद्दा फिर्ताको माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा जेठ ११ गते भएको आन्दोलनपछि प्रशासन र आन्दोलनकारीबिच भएको सहमति कार्यान्वयन नगरी स्थानीयविरुद्ध मु...

सप्तरीमा ग्यासको चरम अभाव, सर्वसाधारणलाई सास्ती

सप्तरी। सप्तरी जिल्लामा एक हप्तादेखि  एलपी ग्यासको अभाव हुँदा जिल्लाका सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा पाँच दिनदेखि लगातार गाडी बन्दका...

गोलबजारमा दुई घण्टाका लागि कर्फ्यु खुला

सिरहा। सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दुई घण्टाका लागि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै सर्वसाधा...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार आ...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending