Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ: थापा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सचेत बहस र सुधारको प्रक्रिया अघि बढ्दा पार्टी कमजोर नभई अझ सबल र विश्वसनीय बन्ने दाबी गरेका छन् । उनले सत्य र परिवर्तनको पक्षमा उभिँदा पार्टी फुट्ने होइन, नयाँ उर्जा उत्पादन हुने र संगठन अझ मजबुत बन्ने उल्लेख गरेका छन् । 

कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा १५औं महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा नेताहरूबीच मतभेद तीव्र बनेको छ । त्यहीबीच थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा आफू पार्टी फुटाउने पक्षमा नभई सुधारको पक्षमा रहेको बताएका छन् ।

“कांग्रेसभित्र अहिले वास्तविक बहस अधिवेशनको मिति होइन, पार्टीलाई कसरी सुधार गर्ने भन्नेबारे हो,” उनले भने, “नागरिकले दिएको स्पष्ट सन्देश हो । पुरानै शैलीले अब काम चल्दैन । सुधार गरेर मात्र विश्वास फिर्ता आउँछ ।”

थापाले पार्टीभित्रका नेताहरूलाई शान्त र धैर्यवान् बन्न आग्रह गर्दै आन्तरिक असहमति र विवादलाई सकारात्मक ऊर्जा बनाउन सके काँग्रेस अझ बलियो बन्ने दाबी गरेका छन् ।उनका अनुसार महाधिवेशन कहिले गर्ने भन्ने विषय महत्वपूर्ण भए पनि त्यसभन्दा ठूलो प्रश्न पार्टीको संरचना, नीति, कार्यशैली र आचरण परिवर्तनकेसाथ प्रस्तावित सुधारलाई व्यवहारमा उतार्ने हो ।

उनले अझै भने- “सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, बरु थप बलियो बन्छ । हामी न झुक्छौँ, न झुकिन्छौँ । हामी निर्वाचनमा जान्छौँ तर पुरानै ढाँचामा होइन, नयाँ ऊर्जा र सुधारिएको कांग्रेस लिएर ।”

थापाको यो अभिव्यक्ति पार्टीभित्रका शीर्ष नेताहरूबीच बढ्दो अविश्वास तथा विवादबीच आएको महत्त्वपूर्ण राजनीतिक सन्देशको रूपमा देखिएकाे छ । वर्तमान नेतृत्वमाथि जनताले देखाएको असन्तुष्टि र चुनावी नतिजामा आएको गिरावटका कारण कांग्रेस भित्र ‘सुधार’ मुख्य बहसको विषय बनेको छ ।

पार्टीभित्र रणनीति, नेतृत्व शैली, जनसम्पर्क, संगठन विस्तारदेखि वैचारिक स्पष्टतासम्मका विषयमा असन्तुष्टि बढिरहेकाले थापाको सुधार केन्द्रित अभिव्यक्ति संगठनभित्र नयाँ बहसको आधार बन्नसक्ने विश्लेषण पनि गरिएको छ ।

थापाले अन्त्यमा भने-“हाम्रो लक्ष्य सत्ता मात्रै होइन, जनविश्वास फर्काउनु हो । त्यसका लागि सुधार अनिवार्य छ । कांग्रेसले फेरि देशलाई नेतृत्व गर्न सक्छ, यदि हामीले पुराना गल्तीबाट सिक्यौँ भने ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending