काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सचेत बहस र सुधारको प्रक्रिया अघि बढ्दा पार्टी कमजोर नभई अझ सबल र विश्वसनीय बन्ने दाबी गरेका छन् । उनले सत्य र परिवर्तनको पक्षमा उभिँदा पार्टी फुट्ने होइन, नयाँ उर्जा उत्पादन हुने र संगठन अझ मजबुत बन्ने उल्लेख गरेका छन् ।
कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा १५औं महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा नेताहरूबीच मतभेद तीव्र बनेको छ । त्यहीबीच थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा आफू पार्टी फुटाउने पक्षमा नभई सुधारको पक्षमा रहेको बताएका छन् ।
“कांग्रेसभित्र अहिले वास्तविक बहस अधिवेशनको मिति होइन, पार्टीलाई कसरी सुधार गर्ने भन्नेबारे हो,” उनले भने, “नागरिकले दिएको स्पष्ट सन्देश हो । पुरानै शैलीले अब काम चल्दैन । सुधार गरेर मात्र विश्वास फिर्ता आउँछ ।”
थापाले पार्टीभित्रका नेताहरूलाई शान्त र धैर्यवान् बन्न आग्रह गर्दै आन्तरिक असहमति र विवादलाई सकारात्मक ऊर्जा बनाउन सके काँग्रेस अझ बलियो बन्ने दाबी गरेका छन् ।उनका अनुसार महाधिवेशन कहिले गर्ने भन्ने विषय महत्वपूर्ण भए पनि त्यसभन्दा ठूलो प्रश्न पार्टीको संरचना, नीति, कार्यशैली र आचरण परिवर्तनकेसाथ प्रस्तावित सुधारलाई व्यवहारमा उतार्ने हो ।
उनले अझै भने- “सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, बरु थप बलियो बन्छ । हामी न झुक्छौँ, न झुकिन्छौँ । हामी निर्वाचनमा जान्छौँ तर पुरानै ढाँचामा होइन, नयाँ ऊर्जा र सुधारिएको कांग्रेस लिएर ।”
थापाको यो अभिव्यक्ति पार्टीभित्रका शीर्ष नेताहरूबीच बढ्दो अविश्वास तथा विवादबीच आएको महत्त्वपूर्ण राजनीतिक सन्देशको रूपमा देखिएकाे छ । वर्तमान नेतृत्वमाथि जनताले देखाएको असन्तुष्टि र चुनावी नतिजामा आएको गिरावटका कारण कांग्रेस भित्र ‘सुधार’ मुख्य बहसको विषय बनेको छ ।
पार्टीभित्र रणनीति, नेतृत्व शैली, जनसम्पर्क, संगठन विस्तारदेखि वैचारिक स्पष्टतासम्मका विषयमा असन्तुष्टि बढिरहेकाले थापाको सुधार केन्द्रित अभिव्यक्ति संगठनभित्र नयाँ बहसको आधार बन्नसक्ने विश्लेषण पनि गरिएको छ ।
थापाले अन्त्यमा भने-“हाम्रो लक्ष्य सत्ता मात्रै होइन, जनविश्वास फर्काउनु हो । त्यसका लागि सुधार अनिवार्य छ । कांग्रेसले फेरि देशलाई नेतृत्व गर्न सक्छ, यदि हामीले पुराना गल्तीबाट सिक्यौँ भने ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: