काठमाडौं । विभिन्न विश्वविद्यालय र क्याम्पसका जग्गा अतिक्रमणमा पर्न थालेपछि सरकारले सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको जग्गा संरक्षणतर्फ ध्यान केन्द्रित गरेको छ । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयहरूको जग्गा विवरण संकलन सुरु गरेको हो ।
सरकारी नाममा रहेको जग्गा धार्मिक, व्यक्तिगत र व्यावसायिक समूहद्वारा अतिक्रमणमा परेको पृष्ठभूमिमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरी जग्गासम्बन्धी सात बुँदे विवरण माग गरेको केन्द्रका निर्देशक तथा सूचना अधिकारी हरिप्रसाद अर्यालले बताए ।
केन्द्रले विद्यालय रहेको जिल्ला, स्थानीय तह, विद्यालयको नाम, विद्यालयको नाममा रहेको जग्गाको कुल क्षेत्रफल, भोगचलनको अवस्था तथा जग्गासम्बन्धी समस्या भए–नभएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
हाल विद्यालयको जग्गा सम्बन्धी कागजात विद्यालय, स्थानीय तह र जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा मात्र सीमित छ । यद्यपि मन्त्रालयलाई विद्यालय जग्गाको वास्तविक भोगचलन अवस्था र संभवित विवादबारे स्पष्ट जानकारी नपाइने समस्या रहेको अधिकारीहरू बताउँछन् ।
शिक्षामन्त्री महावीर पुनको पहलमा शिक्षा मन्त्रालयले सबै विद्यालयको जग्गा लगत केन्द्रीकृत रूपमा राख्ने प्रक्रिया अघि बढाएको हो । यसअघि मन्त्री पुनकै पहलमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत अतिक्रमित जग्गा सम्बन्धी प्रतिवेदन सार्वजनिक भई कार्यान्वयनको चरणमा पुगेको छ ।
देशभर २७ हजार सामुदायिक विद्यालय रहेका छन् । तर तीमध्ये धेरै विद्यालयको भौतिक संरचना र जग्गा क्याम्पस सञ्चालनका नाममा उपयोग हुँदै आएको मन्त्रालयको भनाइ छ । कानुनले कक्षा १२ सम्मका विद्यार्थीलाई मात्र विद्यालयको भोगचलन अधिकार दिएको भए पनि त्यही जग्गामा विश्वविद्यालयका कक्षा सञ्चालन हुँदा पटक–पटक मन्त्रालयले असन्तुष्टि जनाउँदै आएको छ ।
मन्त्रालयका अधिकारीका अनुसार विद्यालयको जग्गा विवरण प्राप्त भएपछि यसबारे स्पष्ट नीतिगत धारणा बनाइनेछ । देशभरका २७ हजार सामुदायिक विद्यालयमध्ये २२ हजार दुई वटा विद्यालयमा आवश्यक भौतिक पूर्वाधार अभाव रहेको पाइएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालै विद्यालयहरूलाई भौतिक संरचना सम्बन्धी विवरण पठाउन अनुरोध गरेको थियो । प्राप्त विवरणअनुसार अधिकांश विद्यालयमा कक्षाकोठा, शौचालय, पुस्तकालय, प्रयोगशाला, खेल मैदान तथा भान्साघरजस्ता संरचनाको कमी रहेको पाइएको केन्द्रका निर्देशक अर्यालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: