दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका केही सरकारी बिद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा शिक्षक बढी हुँदा शिक्षक कामविहीन भएका छन् ।
विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्ने र विद्यार्थी सङ्ख्या न्यून भएमा नजिकको विद्यालयमा गाभ्ने नीतिगत व्यवस्था कार्यान्वयन गर्न नसक्दा नगरपालिकाभित्रकै केही विद्यालयमा समस्या देखिएको भीमेश्वर नगरपालिका–१ का अध्यक्ष माधव थामी बताउँछन् ।
विद्यार्थीको अभावमा विद्यालय ‘मर्ज’ गर्ने नीति कार्यान्वयन गर्न नसक्दा बिसुनटोल आधारभुत विद्यालय, लाकुरीडाँडा प्रावि र माथिल्लो माटी प्राविका शिक्षक हाजिर गरेर दिन कटाउन विवश छन् ।
तीन शिक्षक कार्यरत रहेको भुमरेडाँडा प्राविमा अहिले दुई विद्यार्थी मात्र अध्ययनरत छन् । जिल्ला सदरमुकामस्थित भीमेश्वर नगरपालिकाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी कामकाजमा खटाउन नसक्दा शिक्षकहरु कामविहीन हुन पुगेको स्थानीय समाजसेवीको भनाइ छ ।
सो नगरपालिकाको पृथ्वीनारायण आधारभूत विद्यालय र महाङ्काल आधारभूत विद्यालयमा पनि विद्यार्थीको अनुपातमा शिक्षक बढी देखिन्छ । त्यस्तै, महेन्द्रोदय माविमा पनि विद्यार्थी सङ्ख्याको तुलनामा शिक्षक बढी भएकाले पढाउन पाउने अधिकारबाट शिक्षकहरू वञ्चित हुनपुगेका छन् ।
क्रमशः विद्यार्थी घट्दै जाँदा सो विद्यालयमा अहिले २६ शिक्षक र ५० को हाराहारीमा विद्यार्थी रहेको देखिन्छ । यसैगरी सबै माविमा पनि पढ्नेभन्दा पढाउनेको सङ्ख्या धेरै हुँदा शिक्षक कामविहीन हुन पुगेका छन् ।
यसै सन्दर्भमा भीमेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख अर्जुन कार्कीले विद्यार्थी सङ्ख्या ‘नील’ भए मात्र विद्यालय गाभ्ने व्यवस्था रहेको र नियमित रुपमा विद्यालय नआए पनि अति कम विद्यार्थी भएका विद्यालयको अभिलेखमा भने विद्यार्थी सङ्ख्या उल्लेख्य देखिने गरेकाले सोचेअनुसार समस्या सम्बोधन गर्न कठिन भएको बताए ।
उनले न्यून विद्यार्थी भएका तथा शिक्षक विद्यार्थी अनुपात नमिलेका विद्यालयको सन्दर्भमा प्राप्त गुनासाहरू सम्बोधन गर्न नगरपालिकाले यथासक्य छिटो सरोकारवाला सम्मिलित बैठक राखी ठोस निर्णय गर्न लागेको जानकारी दिए ।
शाखा प्रमुख कार्कीका अनुसार पालिकाको एकीकृत विद्यालय सूचना प्रणाली (इएमआइएस)मा विद्यार्थी देखिए पनि ‘फिल्ड’मा त्यस्तो नभएको भन्ने सन्दर्भमा स्थलगत अनुगमनसहित वास्तविकता यकिन गरी स्पष्ट नीति तथा कार्यक्रमका साथ पालिकाभित्रका कम विद्यार्थी रहेका विद्यालय एकापसमा गाभ्ने र विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नेलगायतका विषय टुङ्याउने पक्षमा पालिका रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: