Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

दोलखाका विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी भेटिए

खबरडबली संवाददाता

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका केही सरकारी बिद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा शिक्षक बढी हुँदा शिक्षक कामविहीन भएका छन् ।

विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्ने र विद्यार्थी सङ्ख्या न्यून भएमा नजिकको विद्यालयमा गाभ्ने नीतिगत व्यवस्था कार्यान्वयन गर्न नसक्दा नगरपालिकाभित्रकै केही विद्यालयमा समस्या देखिएको भीमेश्वर नगरपालिका–१ का अध्यक्ष माधव थामी बताउँछन् ।

विद्यार्थीको अभावमा विद्यालय ‘मर्ज’ गर्ने नीति कार्यान्वयन गर्न नसक्दा बिसुनटोल आधारभुत विद्यालय, लाकुरीडाँडा प्रावि र माथिल्लो माटी प्राविका शिक्षक हाजिर गरेर दिन कटाउन विवश छन् ।

तीन शिक्षक कार्यरत रहेको भुमरेडाँडा प्राविमा अहिले दुई विद्यार्थी मात्र अध्ययनरत छन् । जिल्ला सदरमुकामस्थित भीमेश्वर नगरपालिकाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी कामकाजमा खटाउन नसक्दा शिक्षकहरु कामविहीन हुन पुगेको स्थानीय समाजसेवीको भनाइ छ ।  

सो नगरपालिकाको पृथ्वीनारायण आधारभूत विद्यालय र महाङ्काल आधारभूत विद्यालयमा पनि विद्यार्थीको अनुपातमा शिक्षक बढी देखिन्छ । त्यस्तै, महेन्द्रोदय माविमा पनि विद्यार्थी सङ्ख्याको तुलनामा शिक्षक बढी भएकाले पढाउन पाउने अधिकारबाट शिक्षकहरू वञ्चित हुनपुगेका छन् । 

क्रमशः विद्यार्थी घट्दै जाँदा सो विद्यालयमा अहिले २६ शिक्षक र ५० को हाराहारीमा विद्यार्थी रहेको देखिन्छ । यसैगरी सबै माविमा पनि पढ्नेभन्दा पढाउनेको सङ्ख्या धेरै हुँदा शिक्षक कामविहीन हुन पुगेका छन् ।

यसै सन्दर्भमा भीमेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख अर्जुन कार्कीले विद्यार्थी सङ्ख्या ‘नील’ भए मात्र विद्यालय गाभ्ने व्यवस्था रहेको र नियमित रुपमा विद्यालय नआए पनि अति कम विद्यार्थी भएका विद्यालयको अभिलेखमा भने विद्यार्थी सङ्ख्या उल्लेख्य देखिने गरेकाले सोचेअनुसार समस्या सम्बोधन गर्न कठिन भएको बताए । 

उनले न्यून विद्यार्थी भएका तथा शिक्षक विद्यार्थी अनुपात नमिलेका विद्यालयको सन्दर्भमा प्राप्त गुनासाहरू सम्बोधन गर्न नगरपालिकाले यथासक्य छिटो सरोकारवाला सम्मिलित बैठक राखी ठोस निर्णय गर्न लागेको जानकारी दिए । 

शाखा प्रमुख कार्कीका अनुसार पालिकाको एकीकृत विद्यालय सूचना प्रणाली (इएमआइएस)मा विद्यार्थी देखिए पनि ‘फिल्ड’मा त्यस्तो नभएको भन्ने सन्दर्भमा स्थलगत अनुगमनसहित वास्तविकता यकिन गरी स्पष्ट नीति तथा कार्यक्रमका साथ पालिकाभित्रका कम विद्यार्थी रहेका विद्यालय एकापसमा गाभ्ने र विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नेलगायतका विषय टुङ्याउने पक्षमा पालिका रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending