Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

भारतमा एक छात्रालाई एकसय पटक उठबस गराउँदा मृत्यु, परिवारकाे विराेध

खबरडबली संवाददाता

काठमाडाैं । भारतकाे मुम्बईको वसईमा १३ वर्षीया छात्राको मृत्यु भएपछि ठूलो विवाद उत्पन्न भएको छ ।

विद्यालयमा ढिलो आएको भन्दै सय पटक उठबस गर्न लगाइएपछि उनको स्वास्थ्य एकाएक बिग्रिएको र त्यसपछि ज्यान गएको परिवारको आरोप छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था 'बिबिसी' का अनुसार विद्यालयकी एक महिला शिक्षकले ढिलो आएका छात्र–छात्रालाई सय पटक उठबसको सजा दिएकी थिइन् । त्यही सजाय पाएपछि ती छात्राको अवस्था बिग्रँदै गएर नोभेम्बर १४ को रात जेजे अस्पतालमा मृत्यु भएको बिबिसीले जनाएको छ ।

मृत छात्रा वसई पूर्वको सातीवली क्षेत्रको एक विद्यालयमा कक्षा ६ मा पढ्थिन् । विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी अध्ययन गर्छन् । नोभेम्बर ८ को बिहान करिब ५० विद्यार्थी ढिला आएका थिए, जसमा ती छात्रा पनि थिइन् । केही विद्यार्थीले झोला काँधमै राखेर उठबस गरेका थिए ।

त्यस दिन विद्यालयबाट घर फर्किएपछि ती छात्राको अवस्था बिग्रियो । उनलाई पहिले वसईको आस्था अस्पताल, त्यसपछि अर्को अस्पताल हुँदै मुम्बईको जेजे अस्पताल लगिएको थियो । अन्ततः नोभेम्बर १४ को रात ११ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

वसई थानाका वरिष्ठ निरीक्षक दिलीप घुगेका अनुसार ढिलो आएका विद्यार्थीलाई १०० पटक उठबस गराइएको थियो।  घर पुगेपछि ती छात्राले खुट्टा दुखेको गुनासो गरिन् । प्रहरीले दुर्घटनाबाट मृत्यु भएको भनी रिपोर्ट दर्ता गरेको छ र पोस्टमार्टम रिपोर्टको प्रतीक्षामा छ । प्रारम्भिक मेडिकल रिपोर्टले छात्राको हेमोग्लोबिन ४ देखाएको छ, जुन अत्यन्तै कम मानिन्छ । यो घटनामा विद्यालयविरूद्ध छानबिन समिति गठन गरिएको छ ।

प्राथमिक शिक्षा अधिकारी सोनाली मातेकरले यसरी सजाय दिनु शिक्षा अधिकार ऐनको उल्लंघन भएको बिबिसीलाई बताएकी छन् । दोष प्रमाणित भए विद्यालय र शिक्षक दुवैविरूद्ध कारबाही हुनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending