Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

ट्रम्पद्वारा मदुरोसँग संवादको तयारी, मेक्सिकोभित्र अमेरिकी कारबाही ‘ठीक’ हुने अभिव्यक्ति

खबरडबली संवाददाता

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग प्रत्यक्ष संवाद गर्न तयार रहेको बताउँदै क्यारेबियन क्षेत्रमा वासिङ्टनको तीव्र सैन्य गतिविधिले उत्पन्न भइरहेको तनावका बीच आफूले उचित समयमा वार्ता खोज्ने सङ्केत दिएका छन् ।

साथै उनले मेक्सिकोभित्र लागुऔषधविरुद्धको अमेरिकी आक्रमणबारे सोधिएको प्रश्नमा आक्रमणप्रति आफूलाई कुनै आपत्ति नहुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले हाल क्यारेबियन क्षेत्रतिर अमेरिकी सेनाको उपस्थिति उल्लेखनीय रूपमा बढाएका छन् । यसलाई उनले भेनेजुएला, मेक्सिको तथा अन्य ल्याटिन अमेरिकी देशहरूमा सक्रिय लागुऔषध तस्करहरूविरुद्धको कारबाहीका लागि आवश्यक कदमका रूपमा प्रस्तुत गरेका छन् ।

पत्रकारहरूले ओवल अफिसमा उनीसँग मदुरोसँग संवाद गर्ने सम्भावनाबारे सोध्दा उनले ‘उचित समयमा, म उहाँसँग कुरा गर्नेछु’ भन्दै मदुरोलाई अमेरिकाको हित विपरीत काम गर्ने व्यक्ति भनेर टिप्पणी गरे ।

भेनेजुएलामा अमेरिकी भूसैनिक प्रवेशलाई अस्वीकार गर्ने कि भन्ने प्रश्नमा ट्रम्पले स्पष्ट रूपमा अस्वीकार नगरी भने, “होइन, म कुनै पनि विकल्प अस्वीकार गर्दिनँ । हामीले भेनेजुएलाको हेरचाह गर्नुपर्छ । उनीहरूले लाखौँ मानिसलाई जेलबाट निकालेर हाम्रो देशतर्फ पठाए ।”

त्यसको केही घण्टापछि राष्ट्रपति मदुरोले आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा संयुक्त राज्य अमेरिकामा ‘भेनेजुएलासँग कुरा गर्न इच्छुक जोसुकैसँग पनि आमनेसामने संवाद गर्न तयार’ रहेको अभिव्यक्ति दिए ।

यसैबीच, अमेरिकी मरीन सैनिकहरूको एउटा टोली हाल ट्रिनिडाड एन्ड टोबागोमा सैन्य अभ्यासमा संलग्न छ । यो एक महिनाभित्र सो क्षेत्रमा भएको दोस्रो सैन्य अभ्यास हो । यो अभ्यास अमेरिकी तथा भेनेजुएलाली तटहरूबाट करिब १० किलोमिटर टाढा सम्पन्न भइरहेको छ ।

तर ट्रिनिडाड एन्ड टोबागोकी प्रधानमन्त्री कमला पर्सद–बिसेसरले एएफपीलाई पठाएको ह्वाट्सएप सन्देशमा आफ्नो देशले भेनेजुएलामा कुनै पनि प्रकारको अमेरिकी आक्रमणका लागि आफ्नो भूभाग उपलब्ध नगराउने र यससम्बन्धी कुनै अनुरोध पनि पाएको नभएको स्पष्ट पारे ।

“ट्रिनिडाड एन्ड टोबागोले भेनेजुएलाका जनतालाई हानि पु¥याउने कुनै पनि कार्यमा भाग लिँदैन”, वासिङ्टन र काराकासले वार्तामार्फत मतभेद समाधान गर्नुपर्नेमा जोड दिँदै उनले भने ।

भेनेजुएलाले अमेरिकामाथि विमानवाहक युद्धपोत, स्टील्थ जेट र अन्य सैन्य साधनसामग्री प्रयोग गरी शासन परिवर्तनको उद्देश्य राखेको आरोप लगाउँदै आएको छ । वासिङ्टनले भने राष्ट्रपति मदुरोलाई ‘आतङ्कवादी’ लागुऔषध कार्टेलको नेतृत्व गरेको आरोप लगाएको छ । उक्त आरोपलाई मदुरोले कडा रूपमा अस्वीकार गर्दै आएका छन् ।

एएफपीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरयता अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानीमा लागुऔषध बोकेको आरोपमा डुङ्गाहरूमा हवाई आक्रमण गर्दा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । तर संयुक्त राज्य अमेरिकाले करिब २० भन्दा बढी आक्रमणमा मारिएका व्यक्तिहरू वास्तवमा तस्कर नै थिए भन्ने दाबी पुष्टि गर्न विवरण सार्वजनिक गरेको छैन ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोविरुद्ध जारी कडा बयानबाजीलाई निरन्तरता दिँदै ‘लागुऔषध रोक्नका लागि मेक्सिकोमा आक्रमण हुन्छ ? यसमा मलाई आपत्ति छैन । लागुऔषध रोक्न जे गर्नुपर्छ, हामी त्यो गर्नेछौँ’ भनेर टिप्पणी गरे । उनले भने, “मैले अहिले गरिरहेको छु भनेर भनेको होइन, तर यदि गर्नुपर्‍यो भने म गर्वका साथ गर्नेछु । यसरी हामी लाखौँको ज्यान बचाउन सक्छौँ ।”

अगस्टदेखि वासिङ्टनले क्यारेबियन क्षेत्रमा आधा दर्जन युद्धपोतसहित महत्त्वपूर्ण सैन्य उपस्थिति कायम राख्दै अमेरिकाको भूमिमा पुग्ने लक्ष्यका साथ गरिने लागुऔषध तस्करीविरुद्ध आधिकारिक रूपमा कडा अभियान चलाइरहेको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending