सियोल । उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका बीच आणविक–सञ्चालित पनडुब्बी निर्माणसम्बन्धी नयाँ सम्झौताप्रति कडा आपत्ति जनाउँदै उक्त समझदारीले क्षेत्रीय तथा विश्वव्यापी सुरक्षा सन्तुलनमा ‘आणविक डोमिनो’ प्रभाव उत्पन्न गर्ने दाबी गरेको छ ।
प्योङयाङले मङ्गलबार राज्य सञ्चालित मिडियामार्फत दिइएको प्रतिक्रियामा यो कदमलाई खतरनाक सैन्य टकरावका सङ्केतका रूपमा चित्रण गरेको हो ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले गत हप्ता वासिङ्टनसँग लामो समयदेखि प्रतीक्षित सुरक्षा तथा व्यापार सम्झौतामा अन्तिम सहमति जुटेको घोषणा गरेका थिए । उक्त सम्झौतामा आणविक–सञ्चालित पनडुब्बीसमेत विकास गर्ने योजनालाई उल्लेखनीय उपलब्धि मानिएको छ । सियोलले यसले ‘युरेनियम संवर्धन तथा खर्चिएको इन्धन पुनःप्रशोधनसम्बन्धी आफ्नो अधिकार विस्तार गर्न अमेरिकी समर्थन दिलाएको’ बताएको छ ।
सम्झौतामाथिको पहिलो आधिकारिक प्रतिक्रिया जनाउँदै उत्तर कोरियाले पनडुब्बी कार्यक्रमलाई ‘टकराव भड्काउने खतरनाक प्रयास’ भन्दै टिप्पणी गरेको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले प्रकाशित गरेको वक्तव्यअनुसार उक्त सम्झौता ‘कोरियाली प्रायद्वीप बाहिरै एसिया–प्रशान्त क्षेत्रमा समेत सैन्य तथा सुरक्षा अवस्थालाई अस्थिर बनाउने गम्भीर विकास’ हो, जसले ‘विश्वव्यापी स्तरमा नियन्त्रण गर्न नसकिने आणविक प्रतिस्पर्धाको स्थिति’ निम्त्याउन सक्छ ।
प्योङयाङले दक्षिण कोरियाले आणविक–सञ्चालित पनडुब्बीहरू सञ्चालनमा ल्याएपछि यस क्षेत्रमा ‘आणविक डोमिनो घटना’ शुरु भई नयाँ शस्त्र दौड चर्किन बाध्य हुने चेतावनी पनि दिएको छ ।
यो प्रतिक्रिया सियोलले सीमा तनाव रोक्नका लागि उत्तर कोरियासँग सैन्य वार्ताको प्रस्ताव गरेको भोलिपल्ट आएको हो । सात वर्षपछि पहिलोपटक प्रस्तुत गरिएको यस प्रस्तावमा राष्ट्रपति लीले कुनै पूर्वशर्तविना व्यापक संवाद गर्न इच्छुक रहेको स्पष्ट पारेका छन् । यो उनका रूढीवादी पूर्ववर्तीहरूले अपनाएको कठोर नीतिबाट पूर्णतः भिन्न छ ।
यसबीच, उत्तर कोरियाले राष्ट्रपति लीको संवाद प्रस्तावमाथि हालसम्म कुनै प्रतिक्रिया नदिएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: