काठमाडाैं । न्युजिल्यान्डका स्टार मार्टिन गप्टिल र लोकेश बमको अर्धशतक मद्दतमा विराटनगर किंग्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा कीर्तिमानी जित हासिल गरेको छ ।
शतकीय साझेदारीसहित विराटनगरले पोखरालाई ५३ रनले हराउँदै सानदार सुरुवात गरेको हो । मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै कीर्तिमानी २२१ रन बनायो ।
एनपिएल इतिहासमै पहिलोपटक २०० रन पार भएको यो स्कोर यसअघिको आफ्नै कीर्तिमान (१९३) भंग गरेको छ । प्रत्युत्तरमा पोखराले १८.५ ओभरमा १६७ रनमा अल आउट भयो ।
खेलमा तीन अर्धशतक बने । विराटनगरतर्फ गप्टिलले ३५ बलमा ६१ (३ चौका, ५ छक्का) र लोकेशले ४८ बलमा ७२ (१ चौका, ७ छक्का) बनाए । दोस्रो विकेटमा १३२ रनको साझेदारी गरेका उनीहरूले ठूलो स्कोर खडा गरे । बसिर अहमदले २३, शुभम रन्जनेले ३८ रन थपे । पोखरातर्फ म्याट टेलरले २ तथा सागर ढकाल, कुशल भुर्तेल र आकाश चन्दले १ विकेट लिए ।
पोखराको लागि कप्तान कुशल भुर्तेलले ३१ बलमा ५९ (५ चौका, ४ छक्का) बनाए । एडाम रोसिंघटनले ३९, डान डाउथवेटले २९ रन जोडे । तर सन्दीप लामिछानेले सातौं ओभरमा जेमी निसम र तृत राज दासलाई आउट गर्दा पोखरा दबाबमा आयो । विराटनगरका सन्दीप, प्रतिश जिसी, शुभम रन्जने र मर्चन्ड डि लिग्नेले समान २ विकेट लिए ।
यो जितसँगै विराटनगरले २ अंक जोड्यो । पोखराको भने हारबाट सुरुवात भयो । आजै भएको अर्को खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई हरायो । विराटनगरका फाफ डु प्लेसिस पहिलो खेलमा उपलब्ध थिएनन्, उनी अन्तिम चरणमा आउने छन् ।
बुधबार सुदूरपश्चिम र काठमाडौंबीच खेल हुनेछ । सुदूरपश्चिमको पहिलो खेल हो भने काठमाडौं दोस्रो जित खोज्दै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: