Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बुधवार टर्की जाँदै

खबरडबली संवाददाता

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्तालाई “पुनर्जीवित” गरी रूससँग थप युद्धबन्दी आदान-प्रदान गर्न बुधबार टर्कीको भ्रमण गर्ने बताएका छन् । 

यस वर्षको सुरुमा इस्तानबुलमा भएको रूस-युक्रेनको तीन चरणको वार्तामा कुनै सम्झौता नभएपछि  वार्ता असफल भएको थियो । मस्कोले भने युद्धविरामलाई अस्वीकार गरी युक्रेनी शहरमा निरन्तर बमबारी गरिहेको छ । वार्तालाई पुनर्जीवित गर्ने तयारी गरिरहेको जनाउदै जेलेन्स्कीले साझेदारलाई प्रस्ताव गर्ने समाधान विकास गरेको सामाजिक सञ्जाल मार्फत जनाए । 

उनले “पिओडब्लु” मार्फत युद्धबन्दीलाई आदान-प्रदान गर्ने काम पनि गरिरहेको बताए । यस अघि कैदी आदान-प्रदान तथा मृत सैनिकको शव फिर्ता गर्न गत मे-जुलाईको बिचमा इस्तानबुलमा रूसी र युक्रेनी प्रतिनिधिमण्डलबिच सम्झौता भएको थियो ।

अन्तिम पटक कैदी आदान-प्रदान अक्टोबरको सुरुमा भएको थियो, जसमा मस्को र किभ प्रत्येकले १८५ कैदी साटासाट गरेका थिए । जेलेन्स्कीको बयानमा रूसबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन । गत हप्ता, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनमा युद्ध अन्त्ये गर्न रूस “वार्ता प्रक्रियाका लागि खुला“ रहेको बताएका थिए । 

पछिल्लो समय रूसले हालसम्म कुनै योजना तथा प्रतिक्रिया सार्वजनिक गरेको छैन । यस अघि बढ्दो रूसी दमन र व्याप्त भ्रष्टाचार घोटालाको बिचमा जेलेंस्की युक्रनी सेना र देशको बिग्रिएको ऊर्जा पूर्वाधारका लागि समर्थन जुटाउन युरोपेली भ्रमणमा थिए । उनले मङ्गलबार स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजलाई भेट्ने कार्यक्रम तय भएको छ । यस अघि, उनले फ्रान्ससँगको सम्झौतामा हस्ताक्षर गरी किएभलाई सय वटा लडाकू जेट र ड्रोनसहितका सामाग्री प्राप्त गर्ने व्यवस्था मिलाउनु भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending