काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। गत असोज २८ गतेदेखि निरन्तर जारी आएको बैठकले महाधिवेशनको मिति निर्धारणमा सहमति जुटाउन नसकिरहेको अवस्थामा पुनः बस्न लागेको हो।
गत बिहीबारसम्म पदाधिकारी तथा सदस्यहरूले आफ्नो–आफ्नो धारणा राखे पनि महाधिवेशन कहिले गर्ने भन्ने विवाद समाधान हुन सकेको छैन।
विवाद मिलाउने उद्देश्यले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक रोकी अनौपचारिक छलफल गरेका थिए। तर क्रमशः शुक्रबार, शनिबार र सोमबारका लागि सारिएको बैठकमा सहमति नजुटेपछि अन्ततः आज पुनः बैठक बस्न लागिएको हो।
पार्टीभित्र हाल महाधिवेशनको मिति सम्बन्धी दुई धार स्पष्ट रूपमा देखिएका छन्। प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार दुवै पक्ष आ–आफ्नै अडानमा अडिग छन्। उनकाे भनाइमा, महामन्त्रीहरूले आगामी निर्वाचनभन्दा पहिले नै महाधिवेशन गर्नुपर्छ भन्ने धारणा राखिरहेका छन् भने संस्थापन पक्ष भने निर्वाचनपछि महाधिवेशन गर्ने पक्षमा छ।
कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६–१९ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसैदिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० गतेसम्म महाधिवेशन गर्ने वैकल्पिक कार्यतालिका पेस गरेका थिए।
एक समूहमार्फत थापाको प्रस्ताव र अर्को समूहमार्फत यादवको प्रस्ताव समर्थन पाउँदा विवाद झन् चर्किएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: