काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशमा पार्टी एक्लिनुको कारण मागेका छन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न गर्दै मधेशमा पार्टी एक्लिएको विषयमा समीक्षा हुनुपर्ने बताएका छन्।
उनको भनाइ जस्ताको तस्तै-
२०७२ साल असोज ३ गते तत्कालीन संविधानसभाले नेपालको संविधान जारी गरेपछिका केही वर्ष मधेश प्रदेशमा नेकपा एमालेका लागि कठिन समयका रूपमा रह्यो ।
एमालेमाथि विभिन्न शक्तिले धावा बोले । पार्टीका नेता तथा कार्यकर्तालाई निसाना साँधियो । पार्टी कार्यालयलगायत व्यक्तिका भौतिक सम्पत्तिमाथि पटकपटक आक्रमण गरियो । सिंगो पार्टी र विशेष गरी मधेशमा रहेको पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकको अथक मेहनत तथा अठोटका कारण गएको संसदीय र स्थानीय निर्वाचनमा मधेश प्रदेशमा पार्टीले उल्लेख्य प्रगति गर्यों ।
नेकपा एमालेले आफूलाई पुनर्स्थापित गर्यो । प्रतिनिधिसभाको प्रत्यक्षमा १० सिट र प्रदेशसभामा २५ सिटसहित एमाले पहिलो पार्टी बन्यो । अन्तिम बेला प्रभु साहजीले घात नगरेको भए र उम्मेदवार छनोटमा अली ध्यान पुर्याउन सकेको भए परिणाम अझ राम्रो हुने थियो ।
मधेशमा पार्टीले प्राप्त गरेको यो उपलब्धिको मुख्य श्रेय पार्टी अध्यक्ष केपी ओलीलाई नै जान्छ । उहाँले मसिनो ढंगले मधेशको कामको व्यवस्थापन तथा व्यक्ति–व्यक्तिको खटनपटन गर्नु भएको थियो । पार्टी सचिव रघुवीर महासेठ, अन्य केन्द्रीय नेताहरूलगायत तहगत कमिटीको समेत भूमिका रहेको कुरा अवगत नै छ ।
यसबीचमा मैले करिब १५ महिना मधेश प्रदेशको इञ्चार्जको भूमिका निर्वाह गरेँ । त्यस अवधिमा आगामी निर्वाचनमा अझ राम्रो परिणाम ल्याउन मूलतः संगठन व्यवस्थापनको काममा केन्द्रित भएका थियौँ । प्रदेश अधिवेशन, जिल्ला अधिवेशन, सदस्यताको व्यवस्थापन, जानसंगठनको व्यवस्थापन लगायतमा राम्रो प्रगति भएको कुरा स्वयम् पार्टी अध्यक्ष र महासचिवका प्रतिवेदनमा लेखिएको छ ।
मधेशमा रहेको जातीय विभेद, महिला हिंसा, दलित समुदायप्रतिको विभेदकारी व्यवहार तथा वर्गीय उत्पीडनविरुद्ध सामाजिक न्याय र समानताको आन्दोलनमा नेकपा एमालेले गरेको वैचारिक नेतृत्व, सरकारमा रहेर भौतिक पूर्वाधारको विकास तथा मानव संशाधनमा पार्टीले गरेको योगदान, हिमाल, पहाड़ र तराई–मधेशको भौगोलिक तथा सामाजिक एकताका लागि नेकपा एमालेले निर्माण गरेको जागरण नै मधेशमा पार्टीको जनआधार बिस्तारमा मुख्य पक्ष हुन भने अर्कोतिर भूमिगतकालमा समेत मधेशका आधारभूत वर्गको बलियो समर्थन पार्टीका पक्षमा रहेको थियो ।
त्यतिबेला जनतासँग एकाकार भएर पार्टी निर्माणमा नेतृत्व गर्ने ईश्वर पोखरेल लगायतका नेताहरूलाई यसको श्रेय जान्छ । आज मधेश प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन् । प्रदेश प्रमुखको बर्खास्ती भएको छ ।
सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ) । मुख्यमन्त्री पद अदालतको कठघरामा छ । राजनीतिकरूपमा हामी एक्लिएका छौँ । पार्टीभित्र अन्तरबिरोध तिब्र बनेको छ । यो सबै किन र कस्का कारणले भयो ?
मधेशमा स्वयम् पार्टी अध्यक्षले गर्नुभएको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनु पर्दछ । सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकता सुदृढ गर्न, पार्टीको सामाजिक छबिलाई सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: