Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

ओलीको कडा टिप्पणी : ‘आगजनी र अराजकताका योजनाकार नै प्रधानमन्त्री र मन्त्री’

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापनासम्बन्धी सर्वोच्च अदालतमा परेका रिटमा लिखित जवाफ बुझाउँदै भदौ २३ र २४ गते देशभर भएका आगजनी र अराजकताका ‘लाभग्राही अहिलेका प्रधानमन्त्री र मन्त्रीहरू नै भएको’ दाबी गरेका छन्। उनका अनुसार ती घटनाका वास्तविक सिर्जनाकर्ता पनि त्यही समूह हो।

अध्यक्ष ओलीले सर्वोच्चमा पठाएको जवाफमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र उनको मन्त्रिपरिषद्ले ‘राज्यसत्ता कब्जा गर्ने दृष्ट–अदृष्ट क्रियाकलाप गरेको’ आरोप लगाइएको छ। उनका अनुसार घटनाक्रमहरूले नै त्यसको पुष्टि गर्छ।

पूर्व महान्यायाधिवक्ता रमेश बडालका अनुसार ओलीले सर्वोच्चमा पेस गरेको जवाफमा संविधानको पूर्ण बफादार रहने शपथ लिएपछि एक घण्टाभित्रै कार्कीले संविधान उल्लङ्घन गर्दै संसद् विघटन गरेको उल्लेख छ। यसलाई उनले पूर्ण रूपमा असंवैधानिक करार दिएका छन्।

ओलीले संविधानको धारा ७६ बमोजिम सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्नेमा सर्वोच्चकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नु नै संविधानको ठाडो उल्लङ्घन भएको दाबी गरेका छन्।
उनको भनाइमा, “पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नु संविधानको प्रत्यक्ष उल्लङ्घन हो।”

प्रतिनिधिसभा विघटनका लागि मन्त्रिपरिषद्को सिफारिस अनिवार्य रहने संवैधानिक प्रावधान भए तापनि कार्कीले मन्त्रिपरिषद्को निर्णय बिना नै विघटन सिफारिस गरेको ओलीको आरोप छ।
उनले लेखेका छन्, “मन्त्री परिषद् गठन भइसकेन, पहिलो बैठकसमेत बसेको छैन। त्यस्तो अवस्थामा प्रधानमन्त्रीको एकल सिफारिसलाई मन्त्रिपरिषद्को सल्लाह र सम्मति मान्न सकिँदैन।”

अध्यक्ष ओलीले संविधानले निर्वाचनमार्फत मात्र सरकार परिवर्तनको बाटो दिएको भन्दै ‘दबाब, प्रभाव वा मतादेश विहीन व्यक्तिबाट सरकार सञ्चालन गर्न नमिल्ने’ स्पष्ट उल्लेख गरेका छन्।

उनको लिखित जवाफमा ‘असंवैधानिक प्रधानमन्त्री’ को सिफारिसमा भएको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएकाले सो निर्णय बदर गरी प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग गरिएको छ।

यसअघि सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै अधिवक्ता युवराज सफल र अधिवक्ता शेरबहादुर रोकायाले सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतले सोही रिटमा तत्कालीन प्रधानमन्त्री ओलीसँग लिखित जवाफ मागेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending