Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

ओलीको कडा टिप्पणी : ‘आगजनी र अराजकताका योजनाकार नै प्रधानमन्त्री र मन्त्री’

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापनासम्बन्धी सर्वोच्च अदालतमा परेका रिटमा लिखित जवाफ बुझाउँदै भदौ २३ र २४ गते देशभर भएका आगजनी र अराजकताका ‘लाभग्राही अहिलेका प्रधानमन्त्री र मन्त्रीहरू नै भएको’ दाबी गरेका छन्। उनका अनुसार ती घटनाका वास्तविक सिर्जनाकर्ता पनि त्यही समूह हो।

अध्यक्ष ओलीले सर्वोच्चमा पठाएको जवाफमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र उनको मन्त्रिपरिषद्ले ‘राज्यसत्ता कब्जा गर्ने दृष्ट–अदृष्ट क्रियाकलाप गरेको’ आरोप लगाइएको छ। उनका अनुसार घटनाक्रमहरूले नै त्यसको पुष्टि गर्छ।

पूर्व महान्यायाधिवक्ता रमेश बडालका अनुसार ओलीले सर्वोच्चमा पेस गरेको जवाफमा संविधानको पूर्ण बफादार रहने शपथ लिएपछि एक घण्टाभित्रै कार्कीले संविधान उल्लङ्घन गर्दै संसद् विघटन गरेको उल्लेख छ। यसलाई उनले पूर्ण रूपमा असंवैधानिक करार दिएका छन्।

ओलीले संविधानको धारा ७६ बमोजिम सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्नेमा सर्वोच्चकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नु नै संविधानको ठाडो उल्लङ्घन भएको दाबी गरेका छन्।
उनको भनाइमा, “पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नु संविधानको प्रत्यक्ष उल्लङ्घन हो।”

प्रतिनिधिसभा विघटनका लागि मन्त्रिपरिषद्को सिफारिस अनिवार्य रहने संवैधानिक प्रावधान भए तापनि कार्कीले मन्त्रिपरिषद्को निर्णय बिना नै विघटन सिफारिस गरेको ओलीको आरोप छ।
उनले लेखेका छन्, “मन्त्री परिषद् गठन भइसकेन, पहिलो बैठकसमेत बसेको छैन। त्यस्तो अवस्थामा प्रधानमन्त्रीको एकल सिफारिसलाई मन्त्रिपरिषद्को सल्लाह र सम्मति मान्न सकिँदैन।”

अध्यक्ष ओलीले संविधानले निर्वाचनमार्फत मात्र सरकार परिवर्तनको बाटो दिएको भन्दै ‘दबाब, प्रभाव वा मतादेश विहीन व्यक्तिबाट सरकार सञ्चालन गर्न नमिल्ने’ स्पष्ट उल्लेख गरेका छन्।

उनको लिखित जवाफमा ‘असंवैधानिक प्रधानमन्त्री’ को सिफारिसमा भएको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएकाले सो निर्णय बदर गरी प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग गरिएको छ।

यसअघि सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै अधिवक्ता युवराज सफल र अधिवक्ता शेरबहादुर रोकायाले सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतले सोही रिटमा तत्कालीन प्रधानमन्त्री ओलीसँग लिखित जवाफ मागेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending