Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

अखिल क्रान्तिकारीका महासचिव रोशन जनार्दन शर्माको अभियानमा सामेल

खबरडबली संवाददाता

काठमाडौं । विघटित नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले संगठनको जिम्मेवारीबाट राजीनामा दिएर जनार्दन शर्मा पक्षको प्रगतिशील राष्ट्रिय अभियानमा सामेल हुने घोषणा गरेका छन् ।

बिहीबार प्रेस वक्तव्य जारी गर्दै उनले जनताले मागेको रुपान्तरण हालै बनेको नेपाली कम्युनिस्ट पार्टीको संरचनाबाट सम्भव नरहेको भन्दै पार्टी परित्याग गरेका हुन् ।

यस्तो छ उनको वक्तव्य
पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै, विगत १४ वर्षदेखि काम गर्दै आएको संगठन र पार्टीबाट अलग भएको जानकारी यसै स्टेटमेन्टबाट गराउन चाहन्छु । भाद्र २३-२४ गते पछिको परिस्थितिमा, आम नेपाली जनताले मागेको रुपान्तरण, हालै बनेको नेपाली कम्युनिस्ट पार्टीको संरचनाबाट सम्भव छैन भन्ने निष्कर्षमा म पुगेको छु । आफ्नो जीवनको उर्जाशील समय १६-३० वर्ष उमेरको दौरान अंगालेको संगठन छोड्नु पक्कै पनि सजिलो निर्णय त रहेन, यद्यपि राजनीतिमा होमिसकेपछी यस्ता निर्णयहरु सामान्य हुन् भन्ने नै बुझ्छु । हैन भने चे ग्वेभाराको जीवनीको किताब भेट्दा तर्सिने माहोल भएको घरबाट अखिल (क्रान्तिकारी) को महासहिव बन्नु सम्भव नै हुँदैनथ्यो होला।

यसै बीच आजको दिनसम्म जे जति राजनैतिक चेतना छ, जे जति सामाजिक पुँजी निर्माण भएको छ, त्यसका लागि म अखिल (क्रान्तिकारी)का सम्पूर्ण अग्रज, मार्गदर्शक र सहकर्मीहरू प्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु । कक्षा समिति सदस्यदेखि ईकाई उपाध्यक्ष, ईकाई अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै, गत माघमा केन्द्रीय महासचिव निर्वाचित हुँदा सम्मको यात्रामा साथ, सहयोग र समर्थन गरिदिनुहुने सम्पुर्णलाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु । संगठनमा काम गर्दै गर्दा, २०७३ सालमा पुल्चोक क्याम्पसको स्ववियू सभापतिमा र हालै संगठनको केन्द्रीय महासचिवमा निर्वाचित हुन पाउने अवसर मेरा लागि सबै भन्दा महत्वपूर्ण क्षणहरु मध्ये रह्यो ।

पछिल्लो समय हेडक्वार्टर भन्दै पार्टी अध्यक्षलाई भ्रममा पार्दै एउटा झुण्डले गरेको निच व्यवहारका बीच पनि पार्टीमा सदैव अभिभावकत्व गर्नुहुने आदरणीय दिदीहरु पम्फा भुषाल र जयपुरी घर्ति प्रति विशेष धन्यवाद प्रकट गर्दछु । साथै, मेरो कार्यसम्पादनका क्रममा कहीं कतै त्रुटि वा कमी देखिन गएमा सहृदय क्षमा माग्दै, मैले आगामी राजनैतिक यात्रा “प्रगतिशील राष्ट्रिय अभियान” मार्फत अघि बढाउनेछु भन्ने जानकारी गराउन चाहन्छु ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending