Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

अखिल क्रान्तिकारीका महासचिव रोशन जनार्दन शर्माको अभियानमा सामेल

खबरडबली संवाददाता

काठमाडौं । विघटित नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले संगठनको जिम्मेवारीबाट राजीनामा दिएर जनार्दन शर्मा पक्षको प्रगतिशील राष्ट्रिय अभियानमा सामेल हुने घोषणा गरेका छन् ।

बिहीबार प्रेस वक्तव्य जारी गर्दै उनले जनताले मागेको रुपान्तरण हालै बनेको नेपाली कम्युनिस्ट पार्टीको संरचनाबाट सम्भव नरहेको भन्दै पार्टी परित्याग गरेका हुन् ।

यस्तो छ उनको वक्तव्य
पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै, विगत १४ वर्षदेखि काम गर्दै आएको संगठन र पार्टीबाट अलग भएको जानकारी यसै स्टेटमेन्टबाट गराउन चाहन्छु । भाद्र २३-२४ गते पछिको परिस्थितिमा, आम नेपाली जनताले मागेको रुपान्तरण, हालै बनेको नेपाली कम्युनिस्ट पार्टीको संरचनाबाट सम्भव छैन भन्ने निष्कर्षमा म पुगेको छु । आफ्नो जीवनको उर्जाशील समय १६-३० वर्ष उमेरको दौरान अंगालेको संगठन छोड्नु पक्कै पनि सजिलो निर्णय त रहेन, यद्यपि राजनीतिमा होमिसकेपछी यस्ता निर्णयहरु सामान्य हुन् भन्ने नै बुझ्छु । हैन भने चे ग्वेभाराको जीवनीको किताब भेट्दा तर्सिने माहोल भएको घरबाट अखिल (क्रान्तिकारी) को महासहिव बन्नु सम्भव नै हुँदैनथ्यो होला।

यसै बीच आजको दिनसम्म जे जति राजनैतिक चेतना छ, जे जति सामाजिक पुँजी निर्माण भएको छ, त्यसका लागि म अखिल (क्रान्तिकारी)का सम्पूर्ण अग्रज, मार्गदर्शक र सहकर्मीहरू प्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु । कक्षा समिति सदस्यदेखि ईकाई उपाध्यक्ष, ईकाई अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै, गत माघमा केन्द्रीय महासचिव निर्वाचित हुँदा सम्मको यात्रामा साथ, सहयोग र समर्थन गरिदिनुहुने सम्पुर्णलाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु । संगठनमा काम गर्दै गर्दा, २०७३ सालमा पुल्चोक क्याम्पसको स्ववियू सभापतिमा र हालै संगठनको केन्द्रीय महासचिवमा निर्वाचित हुन पाउने अवसर मेरा लागि सबै भन्दा महत्वपूर्ण क्षणहरु मध्ये रह्यो ।

पछिल्लो समय हेडक्वार्टर भन्दै पार्टी अध्यक्षलाई भ्रममा पार्दै एउटा झुण्डले गरेको निच व्यवहारका बीच पनि पार्टीमा सदैव अभिभावकत्व गर्नुहुने आदरणीय दिदीहरु पम्फा भुषाल र जयपुरी घर्ति प्रति विशेष धन्यवाद प्रकट गर्दछु । साथै, मेरो कार्यसम्पादनका क्रममा कहीं कतै त्रुटि वा कमी देखिन गएमा सहृदय क्षमा माग्दै, मैले आगामी राजनैतिक यात्रा “प्रगतिशील राष्ट्रिय अभियान” मार्फत अघि बढाउनेछु भन्ने जानकारी गराउन चाहन्छु ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending