काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक रहेको जिकिर गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध दायर १६ रिटमा जवाफ पेस गर्दै उनले प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने दाबी गरेका छन्।
ओलीले २०७७ पुस र २०७८ जेठमा प्रतिनिधिसभा विघटनको सिफारिस आफूले नै गरे पनि अहिले भने उनले त्यो कदम असंवैधानिक रहेको तर्क प्रस्तुत गरेका छन्। त्यतिबेला उनले प्रधानमन्त्रीलाई विशेषाधिकार हुने भन्दै विघटनको बचाउ गरे पनि अहिले उल्टो धारणा दिएका छन्।
उनले संविधानको धारा ७६ विपरित सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको दाबी गर्दै भनेका छन् “त्यो दिन म कामचलाऊ प्रधानमन्त्री थिएँ, मैले कार्कीलाई नियुक्त गर्ने कुनै सिफारिस वा सहमति दिएको थिइनँ।”
ओलीले संविधानको धारा १३२ (२) उद्धृत गर्दै प्रधानन्यायाधीश वा न्यायाधीश अन्य सरकारी पदमा नियुक्त हुन नपाउने व्यवस्थाका कारण कार्कीको नेतृत्वमा बनेको सरकार नै असंवैधानिक भएको उल्लेख गरेका छन्।
तर, राष्ट्रपति कार्यालयले भने भदौ २७ गते कार्कीलाई नियुक्त गर्दा तत्कालीन प्रधानमन्त्रीको सिफारिस र सहमति रहेको स्पष्ट रूपमा विज्ञप्तिमा उल्लेख गरेको थियो।
ओलीका अनुसार यदि सरकार नै असंवैधानिक भए, त्यसले गरेका सबै निर्णय पनि स्वत: अवैध हुन्छन्। त्यसैले, कार्कीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन पनि संविधानविपरीत भएकाले बदर गर्नुपर्ने उनको तर्क छ।
जवाफमा ओलीले आफ्नो दल एमालेको निर्णय भएको पनि उल्लेख गरेका छन्। उनले जेनजी आन्दोलनलाई “अराजक अवस्थाका लाभग्राही” भन्दै आलोचना गरेका छन्। २४ गतेको घटनालाई २३ गतेको आन्दोलनले उत्पन्न गरेको दाबी गर्दै, कार्कीलाई “अदृश्य रूपमा प्रधानमन्त्री बनाइएको” आरोप पनि उनले लगाएका छन्।
ओलीले अन्त्यमा लेखेका छन् “राज्यसत्ता कब्जा गर्ने अदृश्य गतिविधि पुष्टि भएकाले भदौ २४ गते असामान्य अवस्था सिर्जना भयो, त्यसपछि संविधानिक प्रक्रिया अघि बढाउन मैले राजीनामा दिएको हुँ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८२ - १७:२७
सर्लाही। सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले...
फाल्गुन ४ गते, २०८२ - १६:५८
जुम्ला। जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो । मुख्...
फाल्गुन ४ गते, २०८२ - १६:४९
झापा। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रा...
फाल्गुन ४ गते, २०८२ - १६:३७
सङ्खुवासभा। प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । आजदेखि काठमा...
फाल्गुन ४ गते, २०८२ - १६:२९
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ क...
फाल्गुन ४ गते, २०८२ - १६:०२
दाङ। दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका आम जनता पार्टी (आजपा)का उम्मेदवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई समर्थ...
फाल्गुन ४ गते, २०८२ - १५:५१
रामेछाप । रामेछाप बस दुर्घटनामा परी बेपत्ता भएका एक बालकको शव फेला परेको छ। । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोशी नदी किनारामा...
फाल्गुन ४ गते, २०८२ - १५:३७
काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्...
फाल्गुन ४ गते, २०८२ - १५:२७
काठमाडौँ। नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख...
फाल्गुन ४ गते, २०८२ - १५:२२
काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएको छन्। परराष्...



प्रतिकृया लेख्नुहोस्: