काठमाडौं । बाराको सिमरामा उत्पन्न तनावपछि राजनीतिक सहिष्णुता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने संदेशसहित नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयमता अपनाउन आह्वान गरेका छन् ।
हिजोदेखि जारी झडप र बढ्दो तनावप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा राजनीतिक मतभिन्नता र असहिष्णुताले हिंसात्मक रूप नलियोस् भन्ने चिन्ता व्यक्त गरेका छन् ।
प्रचण्डले भने, “लोकतन्त्रमा विचार फरक हुन्छ, तर त्यो फरकतालाई हिंसा वा उत्तेजनामा बदलिन दिनु हुँदैन । राजनीतिक संस्कृतिको मूल आधार नै शान्तिपूर्ण अभिव्यक्ति र परस्पर सम्मान हो ।”
उनले राजनीतिक अधिकार, वाक्–स्वतन्त्रता र गतिविधिमा कुनै अवरोध नहोस् भनेर सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । दलका नेताहरू स्वतन्त्र रूपमा चुनावी अभियान सञ्चालन गर्न पाउनुपर्छ भन्नेमा उनि स्पष्ट देखिएका छन् ।
आगामी मंसिर ४ गतेको उपनिर्वाचन नजिकिंदै गर्दा कुनै पनि घटना वा तनावले निर्वाचनको शान्ति, निष्पक्षता र विश्वसनीयतामा असर नपारी सकोस् भनेर सबै पक्षलाई संयमित, जिम्मेवार र संवेदनशील हुन दाहालले अनुरोध गरेका छन् ।
साथै उनले स्थानीय पार्टी समितिहरूलाई पनि स्थानीयस्तरमा संवाद र सहजीकरणको भूमिका बलियो बनाइ स्थितिलाई सामान्यतर्फ डोर्याउन सक्रिय हुन निर्देशन दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: