Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

देशमा शान्ति–सुरक्षा भड्काउँदै वर्तमान सरकार असफल बनाउन र चुनाव राेक्न जेन–जीमाथि धावा बोल्दै एमाले

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुकको राजनीतिक वातावरण चर्किंदै गएको छ । सिमरामा जेन–जी युवामाथि भएको एमाले कार्यकर्ताको आक्रमण र त्यसपछि उत्पन्न तनावले एउटा स्पष्ट संकेत दिएको छ ।

एमाले नियोजित रूपमा देशमा अस्थिरता र अव्यवस्था फैलाउन खोज्दै छ । युवा पुस्ताले उठाएका माग, भ्रष्टाचारविरुद्धको आवाज र राजनीतिक उत्तरदायित्व खोज्ने जेन–जीको एजेन्डा सत्ताबाट लटारिएका पुराना दलहरूलाई बिघ्न बनेको छ । त्यसकै प्रतिक्रिया अहिले सडकदेखि अदालतसम्म देखिन थालेको हो ।

एमाले नेताका भड्काउने भाषण र कार्यकर्ताहरूको हिंसात्मक गतिविधि कुनै आकस्मिक घटना होइन । यो क्रमबद्ध राजनीतिक नाटक हो । जसको उद्देश्य जेन–जी आन्दोलनलाई कमजोर बनाउने र युवाहरूलाई उक्साएर अस्थिरता देखाउने हो । २३ भदौमा युवामाथि गोली चलाएको घटनाको जवाफ अझै न्यायिक रूपमा नआउँदै, त्यही पार्टीका नेताहरू पुनः शान्तिपूर्ण भेला तोड्न हातपातमा उत्रिनुले एमालेको पुरानै दमनकारी चरित्र पुनः उजागर भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले संयमता र शान्तिपूर्ण प्रक्रियाको अपिल गरिरहँदा, एमाले नेताहरू चुनाव ‘नहुने वातावरण’ सिर्जना गर्ने संकेतसहित भड्काउने भाषणमा व्यस्त छन् । उपमहासचिव प्रदीप ज्ञवालीले सिमरा घटनालाई ‘टेस्ट केस’ भन्दै दिएको अभिव्यक्तिले एमालेको उद्देश्य प्रस्ट हुन्छ–देशमा त्रास, अविश्वास र अस्थिरता फैलाउने राजनीति प्रष्ट छ ।

सुरक्षा निकायका अधिकारीहरू समेत भन्छन्–यदि राजनीतिक रूपमा समाधान खोजिएन भने देश आन्तरिक द्वन्द्वतर्फ धकेलिन सक्छ । र त्यो सम्भावनाको सबैभन्दा ठुलो स्रोत अहिले एमाले–जेन–जी टकराव नै बनेको आम बुझाइ छ ।

प्रतिनिधिसभा पुनःस्थापनाको मागकाे नाकट

राजनीतिक तनावको बीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पेश गरेको जवाफले अर्को ठुलो प्रश्न खडा गरेको छ । प्रतिनिधिसभा विघटनको सिफारिस आफ्नै सरकारमा दुई–दुई पटक गरेका व्यक्ति अहिले आएर त्यो कदमलाई ‘असंवैधानिक’ भनिरहेका छन् । यो आफूलाई बचाउन र वर्तमान सरकारलाई कमजोर देखाउन गरिएको राजनीतिक असत्यबाद मात्र हो ।

सबैभन्दा रोचक कुरा–ओली अहिले भन्छन् कि सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा आफूले ‘कुनै सिफारिस गरेको थिइनँ’ । तर राष्ट्रपति कार्यालयको आधिकारिक विज्ञप्तिमा स्पष्ट लेखिएको थियो–कार्कीलाई नियुक्त गर्दा तत्कालीन प्रधानमन्त्री ओलीकै सिफारिस र सहमति थियो ।

यो झुट किन आवश्यक पर्‍यो ?  किनकि उनले बनाएको ‘संसद् पुनःस्थापना’’ नारा चुनावबाट भाग्ने बहाना हो । जेनजी युवा पुस्ताको बेवास्ता हो । 

यदि कार्की असंवैधानिक भए–जसको प्रमाण ओलीकै हस्ताक्षरले खारेज गर्छ । त्यसले गर्दा विघटन, निर्वाचन तयारी, शान्ति–सुरक्षा सबै ‘अवैध’ देखाउने एमालेको राजनीतिक एजेन्डा सजिलो हुन्छ । यसलाई नै विश्लेषकहरूले ‘राज्यसत्ता कब्जा गर्न असफल प्रयासपछि बनाइएको राजनीतिक कथा’ को संज्ञा दिँदै आएका छन् । 

एमालेको वर्तमान रणनीति 

जेन-जीलाई बदनाम गर्ने, चुनाव रोक्ने, सरकार असंवैधानिक देखाउने र जेनजी पुस्ताका पीडितमाथि अन्याय गर्ने हो । 

बारामा जेन–जी युवामाथि भएको हमला, भड्काउने भाषण, अदालतमा पेस गरिएका आधा–सत्य कथन अनि चुनाव नजाने संकेत-यी सबै एउटै योजना अन्तर्गत देखिन्छन् ।

यही कारणले एमालेका नेताहरू युवाको मागलाई ‘अराजकता’ भन्छन् । आफूले गरेको हिंसालाई ‘चेतावनी’ भएको दाबी गर्दछन् । जेन–जी युवाहरूले भने दुई वटा कुरा प्रस्ट राखेका छन् । मुलुकले भ्रष्टाचारमुक्त शासन चाहिन्छ र सेना–प्रहरी–न्यायालयमा राजनीतिक चलखेल अन्त्य हुनुपर्छ ।

यही कुराले पुराना दलहरू भयभीत छन् । यदि युवा पुस्ता चुनावमा उभिन सक्यो भने, पुरानो राजनीतिक कारोबारी समूहको भूमिगत संरचना भत्किन्छ । त्यसैले जेन–जीमाथि हातपातदेखि झुट, सन्देह, अवमूल्यन—सबै रणनीति एमालेको सक्रिय छ । 

निष्कर्ष 

सिमराको घटना र ओलीको अदालतमा दिएको झुटो बयान एकै नाटकका दुई दृश्य हुन् । अरुको पनि धेरै छन् । एकातिर जेन–जी युवालाई उक्साएर अशान्ति फैलाउने र अर्कोतिर सरकार र निर्वाचन व्यवस्थालाई असंवैधानिक देखाउने । 

तर यो पटक जेनजी युवाहरू सजग हुनुपर्छ । उनीहरू संयमता, धैर्य र लोकतान्त्रिक प्रक्रिया मार्फत परिवर्तन अघि बढ्छ । देशको शान्ति–सुरक्षालाई होच्याउँदै एमालेले बनाएको अशान्तिको कथा अब अन्त्य हुनुपर्छ । देश अस्थिर होइन, एमाले आफ्नो सत्ता गुमाउने डरले अस्थिर बन्दैछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending